सरकारले देशलाई गृहयुद्धतिर धकेलेको नेकपाको आरोप

सरकारले देशलाई गृहयुद्धतिर धकेलेको नेकपाको आरोप


सरकारले विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्तालाई गिरफ्तार गर्ने कार्य तीव्र पार्दै गएको छ । यस क्रममा मंगलबार रातको समयमा धरानबाट नेकपा केन्द्रिय सदस्य तथा सरगरमाथा ब्युरो इन्चार्ज दिपेश राई, कोशी इन्चार्ज किरण राई एवम् युवा नेताहरू चन्द्र बुढाथोकी ‘शैलेस’ र राकेशकिरणलाई गिरफ्तार गरिएको सो पार्टीका पूवी कमाण्ड इन्चार्ज विरहीले जनाकारी दिएका छन् ।

उक्त गिरफ्तारीलाई ‘डकैत शैली’को संज्ञा दिँदै यस्तो ‘हर्कत’ प्रदर्शन गरेर केपी सरकारले देशलाई गृहयुद्धतिर धकेलेको आरोप विज्ञप्तिमार्फ इन्चार्ज विरहीले लगाएका छन् ।

विरहीको विज्ञप्तिमा क्रान्तिको बाटो गतिशील हुन्छ भन्दै दृढताका साथ आ–आफ्नो मोर्चामा पहलकदमी लिन पार्टीका सबै नेताकार्यकर्तालाई अनुरोध गरिएको छ भने सरकारको ज्यादती तथा गैरन्यायिक गिरफ्तारीको निन्दा गरिएको छ ।

नेकपानिकट स्रोतका अनुसार गिरफ्तार पर्नेहरुमध्य केन्द्रीय सदस्य किरण राई पहिले पनि १ सय १२ दिनसम्म हिरासत बसेर रिहा भएका व्यक्ति हुन् भने सो पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड, पोलिट ब्युरो सदस्यहरु पदम राई, ओमप्रकाश पुन, मोहन कार्की र कृष्ण धमलालाई यसअघि नै पक्राउ गरी सरकारले हिरासतमा राखेको छ ।