विधि निमार्णमा पक्ष र विपक्ष हुनुहुदैन : अध्यक्ष तिमिल्सिना

विधि निमार्णमा पक्ष र विपक्ष हुनुहुदैन : अध्यक्ष तिमिल्सिना


राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले कानून निर्माण गर्दा सांसदलाई सत्तापक्ष र प्रतिपक्षका रुपमा प्रस्तुत नहुन आग्रह गरेका छन् ।

जनसङ्ख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च, नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले विधि निमार्णमा पक्ष र विपक्षमा विभाजित हुनु सुहाउँदो विषय नभएको टिप्पणी गरे ।

अध्यक्ष तिमिल्सिनाले विधि निर्माण गर्नेभन्दा बढी फाइल बोकेर मन्त्रालय धाउनाले सांसद विकासे नेता भए जस्तो देखिएको उल्लेख गर्दै “नयाँ संविधान निर्माण र जारी गर्दा जस्तै अहिले सबै सांसद एक भएर कानून निमार्णमा जुटौँ भने ।

उनले भने, “विधि र नीति निमार्णको तहमा यो संसद्ले काम गर्नुपर्छ, योजना र विकास निमार्णको जिम्मा प्रदेश तथा स्थानीय तहलाई दिनुपर्छ ।”

कार्यक्रममा संविधानविद् तथा सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका महिला सांसद र संविधानसभाका पूर्वसदस्यले कानून निर्माणका बेला ध्यान पु¥याउनुपर्ने विभिन्न पक्ष र पाटोका बारेमा सुझाव दिएका थिए ।