संसारकै सबैभन्दा सस्तो कर नेपालमा : प्रधानमन्त्री

संसारकै सबैभन्दा सस्तो कर नेपालमा : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कर लगाउने अधिकार भए पनि जनताले धान्न सक्ने गरी कर लगाउनुपर्नेमा जोड दिएका छन् ।

विराटनगर विमानस्थलमा आज (मंगलबार) सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेपालमा लगाइएको कर संसारमै सस्तो भएकोे पनि उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले राजस्व र करका विषयमा अपव्याख्या गरेर जनतालाई भ्रम फैलाउन नहुने बताउँदै जे कुरा गर्दा पनि विरोध गर्ने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिए ।