इन्द्रेणी

इन्द्रेणी


indreniनेल्सन मण्डेलाप्रति–ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

भर्खरै मात्र स्वर्गीय भए नेल्सन मण्डेला
शोकमा मग्न बन्यो है ऐले दक्षिण अफ्रिका
स्वतन्त्रताको प्रतीक महामानव भएर
अँध्यारो संसार छाडेर गए उज्यालो दिएर ।।१।।

उन्नाइस् सय अठार सन्को जुलाई महिना
अठारै तारिख झुल्किए ज्योति केपटाउन सहरमा
धपक्कै बल्दो शरीर थियो उज्यालो मुहार
अफ्रिकी देश माग्दैथ्यो अरे ! उनैलाई गुहार ।।२।।

त्रिचालीसतिर आबद्ध भए नेसनल कङ्ग्रेसमा
देशद्रोही भन्ने आरोप लाग्यो छपन्न सालमा
साठीमा फिर्ता भएथ्यो मुद्दा सङ्घर्ष चर्केर
पाँच वर्ष जेल सजाय भयो बैसट्ठी फर्केर ।।३।।

चौसट्ठी सालमा लगाए मुद्दा आजीवन कारावास
नब्बेमा रिहा भएर आए फर्कियो फेरि आश
नब्बे र तीनमा पाएथे ठूलो नोबेल पुरस्कार
बाध्य भो दिन गोराको सर्कार कालालाई अधिकार ।।४।।

नब्बे र चारको मे दशमा भए राष्ट्रका प्रमुख
गोराको शासन रहेन रङ्गभेद भो समाप्त
तैपनि दिए महान् भई गोरालाई क्षमादान
संसारले ग-यो तारिफ उनको पैmलियो कीर्ति, मान ।।५।।

दुई हजार सालमा नेतृत्व त्यागे पार्टीका पद रे !
दुई हजार एकमा बिरामी परी क्यान्सर लाग्यो रे !
चार सालमा त्यागे जीवनका सबै सुख र सुविधा
सङ्घर्ष कालमा लिएनन् कैल्यै मनभित्र द्विविधा ।।६।।

दुई हजार तेह्र डिसेम्बर पाँचमा गुरुबार पारेर
रातिको बेला सुटुक्कै गए संसारलाई छाडेर
टुहुरा भए गरिब सारा शोषित– पीडित
मण्डेला तिमी रहन्छौ सधैँ धर्तीमा जीवित ।।७।।

प्रेरणा लिन्छौँ सधैँ नै तिम्रो धैर्य र क्षमाशील
भएर जिउने सङ्घर्ष गर्दै जिन्दगी रहुञ्जेल
वर्गीय भेद, जातीय द्वेष, धनी र गरिब
काला र गोरा, उँच र निच पाल्दैनौँ मनभित्र ।।८।।

आदर्शवादी, तपस्वी, त्यागी हे ! युगपुरुष
औतारी महामानव तिमी चैतन्य स्वरूप
लिनेछौँ हामी सत्मार्ग तिम्रो अमर भावना
युगान्तसम्म जीवित रहू यही गर्छौं कामना ।।९।।
– महाकवि देवकोटा आश्रम, काठमाडौं ।