अयोध्याको नेपाली मन्दिरमा कुर्मनारायण भगवान

अयोध्याको नेपाली मन्दिरमा कुर्मनारायण भगवान


२०६७ चैत १६ गते बुधबार राष्ट्रिय साप्ताहिक घटना र विचारको पाठकमञ्चअन्तर्गत प्रकाशित ‘अयोध्याको नेपाली मन्दिर’ उपेक्षित शीर्षक सर्न्दर्भमा अन्य थप जानकारी दिनु सान्दर्भिक ठान्दछु ।
अयोध्या यां पुष्करिण्यां भीषणख्ये विपूर्वके †
स्थाने ˜˜ भीष्ट निवाससाथ श्री कुर्माय नमोनम: ††
भारतको अयोध्या भूमिमा स्थापित नेपाली मन्दिरको नामले प्रख्यात श्री कुमनारायण नामक विशाल शालिग्राम भगवान् हुनुहुन्छ । अयोध्या विभीषण कुण्डमा अवस्थित ‘श्री कुमनारायण’ भगवान् मुक्ति क्षेत्र स्वयम् भक्त (आफैं प्रकट हुनुभएको) भगवान्को रूपमा मानिन्छ । शालिग्राम शिलाका रूपमा अवतरित भगवान्को नेत्र, ललाट, मस्तक, नासिका, मुखारबिन्द आदि कुर्माकृतिका चिह्नहरू प्रस्ट अङ्कित छन् । टाढाबाट दर्शन गर्दा मानव निर्मित मूर्तिको रूपमा देखिनुहुने श्री कुर्माकृतिका शालिग्राम भगवान् ‘साक्षान्नारायणं विद्यान्मत्स्य कुर्मादी चिन्हितम’को शास्त्रीय प्रमाणअनुसार साक्षात् नारायण रूप होइबक्सिन्छ ।
लगभग ८० वर्षजति अघि नेपालको मुक्तिक्षेत्र कालीगण्डकी नदीमा एक रात त्यहाँ बस्ने केही मानिसले रात्रिको समयमा बत्ती बलेकोजस्तो एक ज्योतिपुञ्ज देखे । रातको बेला भएकोले उनीहरू सो ज्योति बलेको ठाउँ निश्चिय गर्न केही चिनो राखी घर फर्केछन् । अर्को दिन उज्यालो भएपछि सो ठाउँ हेर्न जाँदा त्यहाँ कच्छप ? कछुवा) रूपको एक विशाल लभगग १५ इञ्ज डायमिटर भएको शालिग्राम देखेर उनीहरू आर्श्चर्यचकित भएछन् । यस्तो अनुपम शालिग्राम अवश्य पनि बहुमूल्य हुनुपर्छ र कुनै सम्पन्न आस्तिक व्यक्तिलाई दिन पाए प्रशस्त धन पाइन्छ भन्ने आशा लिएर उनीहरू काठमाडौंतर्फ लागेछन् ।
वडा नं. ३३ का पूर्वअध्यक्ष एवम् श्री कर्ुमनारायण नेपाली मन्दिर सहयोग समितिको कोअर्डिनेटर श्री भानुकुमार शर्मा बताउनुहुन्छ- यसरी आस्तिक व्यक्तिको खोजीको क्रममा उनीहरू स्व. श्री जंगबहादुर राणाका सुपुत्र ज. बबरजंग राणाकी पत्नी भक्तिमती राजकुमारी देवीको निवासस्थान बत्तीसपुतली पुगेछन् । उक्त शालिग्राम देख्नासाथ श्रीमती राजकुमारी देवीजीको मनमा सो शालिग्राम आफ्नै निवासमा राख्ने इच्छा उत्पन्न भएछ । ज्योतिषी एवम् पण्डितहरूलाई देखाउँदा उक्त शालिग्राम घरमा राखी पूजा-आराधना गर्न सम्भव नहुने राय व्यक्त भएको हुँदा बाध्यतावश दु:ख हुँदै राजकुमारी देवीले शालिग्राम फिर्ता लैजाने आदेश दिनुभएछ । त्यसपछि एक अनौठो घटना घटेछ । त्यो के भने शालिग्राम बोकेर ल्याउने व्यक्तिले फिर्ता लैजान खोज्दा उक्त शिला उचाल्नै सकेनन् र सो दिन शालिग्राम त्यहीँ राखेछन् । र, त्यसै रात राजकुमारी देवीले सपना देखिछिन्- सपनामा भगवान्ले सो शालिग्राम भारतको पुन्यभूमि अयोध्यानगरीमा लगी त्यहाँ एक मन्दिरको निर्माण गरी त्यसमा स्थापना गरी पूजा गर्ने आज्ञा दिनुभएको कुरा वंशानुगत रूपमा ज्ञात हुन आएको बताइन्छ ।
तत्पश्चात् श्रीमती राजकुमारी देवी अयोध्यायपुरी जानर्ुभई त्यहाँ उहाँले पं. मोदनाथ शर्माको प्रबन्धमा एक विशाल मन्दिरको निर्माण गराउनुभएछ । त्यही स्थलमा उहाँकी छोरीले ‘विभीषण कुण्ड’ नामक एक भव्य कुण्डको पनि निर्माण गराउनुभएछ । यसरी उक्त मन्दिरको सञ्चालन गर्ने अभिभारा श्रीमती राजकुमारी देवीले पं. मोदनाथ शर्मा तथा उहाँको सन्तान दरसन्तानमा प्रदान गरिदिनुभएछ । वि.सं. १९९६ मा श्रीमती राजकुमारी देवीको पनि निधन भएछ ।
अहिले स्व. रंगनाथ शर्माको सुपुत्र एवम् समितिको कोअर्डिनेटर श्री भानुकुमार शर्माले उक्त मन्दिरको रेखदेख गर्दै आउनुभएको छ । स्व. श्रीमती द्युतीदेवी शर्माको अध्यक्षतामा सञ्चालित श्री कर्ुमनारायण नेपाल मन्दिर सहयोग समिति, २०५९ सङ्घसंस्था दर्ता ऐन २०१६ अन्तर्गत गठन भएको बताइन्छ । पूर्वअध्यक्ष शर्माका अनुसार श्रीमती राजकुमारी देवीले स्थापना गर्नुभएको गुठीको आम्दानीबाट मन्दिर सञ्चालनका लागि गुठी संस्थानबाट वारि्षक भारु १९,०००।- प्राप्त हुने गरेको छ तर उक्त रकम मन्दिरको सञ्चालन त परै जाओस् सरसफाइका लागि पनि अपर्याप्त रहेको बताउनुहुन्छ ।
-ज्योतिदेव भट्टराई, नक्साल, काठमाडौं

भन्सार जेलको आवश्यकता
देशमा भ्रष्टाचारजन्य आरोप लागेका मानिसलाई हाल सिंहदरबारको पुलिस कार्यालयमा बन्दी बनाएर राख्ने गरिएको छ । भ्रष्टाचारका विषयमा अध्ययन अनुसन्धान गर्ने छुट्टै युनिट पुलिस प्रशासनमा नहुँदा नेपालमा राजस्व छल्ने मानिसहरू त्यहाँ शानका साथ बस्दै आएका छन् ।
वास्तवमा नेपालमा ‘भन्सार जेल’को टड्कारो आवश्यकता भए पनि पुलिस प्रशासनले यस दिशामा खासै काम नगर्दा राजस्व सङ्कलन न्यून हुँदै आएको छ । भन्सार जेलले जगाती चोकमा जडान गरेको सीसीटीभीबाट राजस्व सङ्कलनमा वृद्धि नभए पनि त्यहाँ कार्यरत कर्मचारीको ‘खाजस्व’माचाहिँ अवश्य वृद्धि गरेको छ । सो सीसीटीभीमा देखिएका खासाबाट आएको गाडीका व्यापारी सङ्घ ‘खाजस्व’ असुल्नका लागि बाहेक रेकर्ड गरिएका सामग्रीबाट सरकारले कुनै लाभ गरेको छैन । सो टीभी गत चैतमा स्थानीय नेता नारायणमान बिजुक्छेले उद्घाटन गरेका थिए । भ्रष्टाचारजन्य सूचना आदानप्रदान गर्न सरकारले राष्ट्रिय सतर्कता केन्द्र खडा गरेको छ, तर सो केन्द्र ‘खाजस्व’का लागि सीसीटीभी प्रयोग भइरहेको विषयमा बेखबर रहेको छ ।
– रविन राचलिका, हरित समूह, भक्तपुर