पौडेलको अडानपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित

पौडेलको अडानपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित


शुक्रबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै नबसी शनिबारसम्मका लागि स्थगित भएको छ । आज बस्ने भनिएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक अपराह्न साढे ४ बजे मात्र स्थगित भएको जानकारी केन्द्रीय सदस्यहरूलाई गराइएको थियो ।

कांग्रेसले बिहीबार गठन गरेको विधान मस्यौदा समितिमा असन्तुष्टि जनाउँदै रामचन्द्र पौडेल पक्षका नेता शुक्रबार बिहानको बैठकमा उपस्थित भएनन् । ९ सदस्यीय बनाउने भनिएको समिति ११ सदस्यीय बनाइएपछि पौडेल पक्षले असन्तुष्टि जनाएसँगै बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

बिहान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेलसहित पदाधिकारीको बैठक बसेको थियो । सो बैठकमा पौडेलले विधान मस्यौदा समिति गठनमा असन्तुष्टि जनाएका थिए ।