लेनिनलाई विमानस्थलमै रोकेपछि सरकारविरुद्ध उजुरी

लेनिनलाई विमानस्थलमै रोकेपछि सरकारविरुद्ध उजुरी


बैंककमा आयोजित एक सेमिनारमा भाग लिन जान लागेका एक युवा अधिकारकर्मीलाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बलजफ्ती फिर्ता गरिदिएको छ । हिंसात्मक युद्धकालमा माओवादीद्वारा बाल सेनाको रूपमा प्रयोग गरिएका लेनिन विष्टलाई सरकारले विमानस्थलबाट फिर्ता गरिदिएको हो ।

एसियन रिसोर्स फाउन्डेसनको आयोजनामा ‘युथ इन कन्फ्क्टि एरियाज, हिलिङ एन्ड पिस–विल्डिङ थ्रु सोसल इन्गेजमेन्ट’ विषयको पाँचदिने सेमिनारमा सहभागी हुन विष्ट शुक्रबार (भदौ ८ गते) बिहान बैंकक प्रस्थान गर्न विमानस्थल पुगेका थिए ।

बोर्डिङ पास लिएर अध्यागमन कक्षसमेत पार भइसकेपछि अध्यागमन कर्मचारीहरूले ‘तपाईं कालोसूचीमा पर्नुभएको छ, त्यसैले यहाँबाट जान पाउनुहुन्न’ भनी रोक लगाएका थिए ।

आफू मौखिक कुराका भरमा नरोकिने बताउँदै विष्टले लिखित पत्र माग गरेको र त्यसको एक घन्टापछि उानलाई एक पत्र थमाइएको थियो । विष्टले सेमिनारमा बाल सेनाका प्रयोगका विषयमा आफ्नो धारणा प्रस्तुत गर्ने तयारी गरेका थिए । अन्तर्राष्ट्रिय मञ्चहरूमा सत्तारुढ पक्षको बदनाम हुने विश्लेषण गरी सरकारले विष्टको बैंकक भ्रमणमा रोक लगाएको बुझिएको छ ।

आफूलाई सेमिनारमा भाग लिनबाट रोक लगाएपछि विष्टले मानवअधिकार आयोगमा उजुरी दिएका छन् ।