बालुवाटारमा नेकपा सचिवालयको आकस्मिक बैठक

बालुवाटारमा नेकपा सचिवालयको आकस्मिक बैठक


प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको आकस्मिक बैठक बसेको छ । कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको र उनको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै जारी आन्दोलनको विषयमा छलफल गर्न बैठक बसिएको हो ।

शुक्रबार भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएपछि त्यहाँको जनजीवन निकै तनावपूर्ण रहेको छ । स्थानीय प्रशासनले शुक्रबार राति ८ बदजेदेखि कफ्र्यू नै लगाएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठ्कले द्वन्द्वरत पक्षसँग वार्ता गर्न समिति गठन गरे पनि कञ्चनपुर घटनाको विषयमा छानबिन गर्ने समिति भने बनाएन । नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न भने पनि मन्त्रिपरिषद बैठकले छानबिन गर्ने समिति बनाएको छैन् ।