प्रकाण्डलाई थप तीन दिन थुनामा राख्न अनुमति

प्रकाण्डलाई थप तीन दिन थुनामा राख्न अनुमति


नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई अदालतले फेरि तीन दिन थुनामा राख्न अनुमति दिएको छ । नुवाकोट जिल्ला अदालतले अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको हो । जिल्ला प्रहरी कार्यालयले एक हप्ता थुनामा राख्ने म्याद मागे पनि अदालतले तीन दिन मात्र म्याद दिएको छ ।

प्रकाण्डलाई गत साउन ७ गते राति नुवाकोटको बेलकोटगढी –९ भट्टथोकमा दुई स्काभेटरमा जलाएको आरोपमा मुद्दा चलाउन नुवाकोट लगिएको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरलाई उद्धृत गर्दै राससले जनाएको छ । बताइएअनुसार धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्ट्रक्सनका दुई स्काभेटरमा आगो लगाइएको थियो ।

नेकपाका दोस्रो बरियतामा रहेका प्रकाण्डलाई गत शुक्रबार बिहान काठमाडौंंमा पक्राउ गरी नुवाकोट लगिएको थियो । अदालतमा म्याद थपका लागि लैजाने क्रममा उनले आफूलाई राजनीतिक प्रतिशोधका लागि पक्राउ गरिएको र नुवाकोटको स्काभेटर जलाएका विषयमा आफ्नो संलग्नता नभएको जिकिर गरेका छन् ।