नेकपाकी पोलिटब्युरो सदस्य भुजेल पक्राउ

नेकपाकी पोलिटब्युरो सदस्य भुजेल पक्राउ


सरकारसँग वार्ता गर्न इन्कार गरेको भोलिपल्टै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभामा तत्कालीन नेकपा माओवादी केन्द्रबाट सभासद् निर्वाचित उमा भुजेललाई पक्राउ गरेको छ ।

उनलाई काठमाडौंस्थित बालाजुबाट पक्राउ गरिएको हो । उक्त पार्टीका प्रवक्ता प्रकाण्डलाई प्रहरीले पक्राउ गर्ने र अदालतले रिहाइको आदेश दिने उपक्रम चलिरहेको अवस्थामा नेकपाकी अर्की वरिष्ठ नेतृ भुजेल पक्राउ परेकी हुन् ।

गृह मन्त्रालय पूर्वमाओवादी रहेका रामबहादुर थापाले सम्हालेकै बेला प्रकाण्डलाई बारम्बार पक्राउ गर्नु र पोलिटब्युरो सदस्य भुजेल पक्राउ पर्नुलाई राजनीतिक वृत्तमा रोचक रूपमा हेरिएको छ ।