राष्ट्रिय सभामातहतका चारमध्ये तीन विषयगत समितिका सभापति निर्विरोध चयन भएका छन् ।
विषयगत समितिमा आज (बुधबार) बसेको बैठकमा तीन विषयका सभापति निर्विरोध चयन भएका हुन् । निर्विरोध निर्वाचित हुने सभापतिमा राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा पर्शुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापतिमा रामनारायण बिडारी रहेका छन् ।
दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको उम्मेदवारी नपरेका कारण उक्त समितिको सभापतिको निर्वाचन दलीय सहमतिका आधारमा केही समयपछि हुने राष्ट्रिय सभा सचिवालयले जनाएको छ ।
प्रतिक्रिया