इन्द्रेणी

इन्द्रेणी


indreniमृत्यु र म– उर्मिला थपलिया
कृत्रिम सपनाहरूलाई
तिलाञ्जली दिँदै
मृत्युलाई आफ्नै घरमा बसेर कुरिरहँे
सयौँ पत्रहरू पठाएँ
ऊ आउँदै आएन
म, मृत्युलाई आफ्नो बनाउन चाहन्थँे
म, मृत्युलाई आलिङ्गन गर्न चाहन्थँे
उसलाई भेटेर
उसैमा लीन हुन चाहन्थँे
तर, मृत्यु भने
सधैँ म देखेर सुइँकुच्चा ठोक्थ्यो
जब म, आफ्नै दुनियाँमा मस्त हुँदै
उसलाई बिर्सिसकेको थिएँ
अचानक ऊ आज
झ्यालबाट मलाई चियाइरहेको छ
मलाई जिस्क्याइरहेको छ
मैले उसलाई कैयौँपटक भेट्न खोज्दा
अटेरी बनेर ऊ
मलाई नदेखेझैँ गरी दौडिरह्यो
मलाई बेवास्ता गर्दै
बरु सुटुक्क मेरो छिमेकमा पस्यो
तर, अहिले म
उसलाई भुल्दै
टाढाटाढा हँुदै थिएँ
आफ्नै छुट्टै दुनियाँ बनाउँदै थिएँ
अचानक, ऊ मेरो नजिक आउँदै छ
हिजोआज मलाई
मृत्युभन्दा जीवन
कैयौँ गुना उज्यालो लागिरहेको छ
तर, अफसोच !
म मृत्युसँग भागेर पनि भाग्न सक्दिनँ
जीवन मागेर पनि पाउन सक्दिनँ ।