विमस्टेकको चौथो सम्मेलन बिहीबारवाट काठमाडौंमा शूरु हुदै छ । शिखर सम्मेलनको एजेण्डा तय गर्न बसेको परराष्ट्र सचिव स्तरीय बैठकले बिद्युतीय कनेक्टिभीटी सहित विविध पक्षमा केन्द्रीत बिशेष एजेण्डा नै पेस गर्र्ने तयारी गरिसकेका छन । दुई दिनसम्म चल्ने सम्मेलनमा उठ्ने विमस्टेक वडापत्र र राजनीतिक मुद्धाहरु के कस्ता रहेका छन त ?
२०७५ भदौ १४ र १५ गते विमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा शूरु हुदै छ । विमस्टेक एसियाली राष्ट्रहरु सहयोगी साझा संगठन सार्क पछि स्थापना भएको ठूलो संगठन हो । यस शिखर सम्मेलनमा ७ राष्ट्रका प्रमुखहरु सहित मन्त्रीहरुको समेत सहभागिता रहने छ । विमस्टेकमा सातै देशलाई समेट्ने गरि बिमस्टेकका सदस्य राष्ट्रहरुका जनसरोकारका बिषयहरुलाई समेटेर विमस्टेक वडापत्र समेत जारी गरिने भएको छ । सम्वन्धित राज्यका नागरिक र संघ सस्थाहरुलाई समेट्न यस्ता सम्मेलनहरुमा आजभोलि वडापत्र समेत तयार गर्ने प्रचलन रहदै आएको छ ।
सार्वजनिक सेवा प्रवाहमा सार्वभौमसत्ताको नियम अनुसार, राज्यको मालिक भनेका सार्वभौमसत्ता सम्पन्न जनता भएको भन्दै उनिहरुलाई छिटो छरितो गुणस्तरीय सेवा प्रदान गराउनु विमस्टेक वडापत्र बनाइएको हो । वडापत्रमा सवै राष्ट्रका सेवालाई नागरिक मैत्री बनाउने, कानूनको शासनलाई प्रत्याभूति गराउने जस्ता बिषय रहने छन । यस अघिका सम्मेलनहरुमा धेरै बुँदाहरु रहेर पनि कार्यान्वयनमा आउँदा प्रभावहिन हुने गरेकाले यसपटक सकेसम्म कम एजेण्डाहरुलाई समेट्ने प्रयास गरिएको छ ।
विमस्टेकलाई आर्थिक र प्राविधिक महत्वको हिसावले महत्वपूर्ण साझा संगठनका रुपमा लिइएको छ । एसियाली राष्ट्रहरुले ग्लोवल्ली उठ्ने गरेका केही राजनीतिक मुद्धाहरुमा समेत सामुहिक धारणा बनाउने भएको छ । विमस्टेक शिखर सम्मेलनका लागि छलफल गर्न भन्दै विभिन्न १४ प्राथमिकताका क्षेत्रहरु समेटेर एजेन्डा तय भएका छन । कनेक्टिभिटी, कृषि, गरिबी निवारण, जनस्वास्थ्य, आतंकवाद, अपराधजस्ता विषय रहेका छन ।
वंगालको खाडीसंग प्रत्यक्ष सरोकार राख्ने मुलुकहरुको सहभागितामा उभिएको बिमस्टेकका सदस्य सातै राष्ट्रका प्रमुखहरु नेपाल आउने क्रम जारी छ । सवैले अति महत्वपूर्ण रुपले हेरेको एसियाली राष्ट्रहरु सहभागीता रहेको सम्मेलनले पारित गर्ने राजनीतिक मुद्धाहरु र वडापत्र सवै राष्ट्रका लागि महत्वपूर्ण बन्ने नै छ । यद्यपी सम्मेलनले सूचना प्रविधि,पर्यटन, कनेक्टिभिटिको क्षेत्रलाई कसरी अगाडि बढाउने रणनीति ल्याउने हो त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।
प्रतिक्रिया