राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारको विरोध गर्नुको अहिले कुनै औचित्य नभएको बताएका छन् ।
विराटनगरमा आज (बिहीबार) सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सरकार गठन भएको ६ महिना मात्र भएकाले अहिले नै मूल्यांकनको बेला नभएको स्पष्ट पारे ।
उनले यातायात क्षेत्रको एकाधिकार (सिन्डिकेट) हटाउने र काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने कार्य रोकेकामा सरकारप्रति गुनासो व्यक्त गरे ।
सो अवसरमा अध्यक्ष थापाले मुलुकको समस्या समाधानका लागि सबै राजनीतिक दलको सहमति लिएर सहकार्य गर्नु उपयुक्त हुने विचार व्यक्त गरे ।
सनातन हिन्दू राष्ट्र, लोकतन्त्रसहितको राजसंस्थालगायतका विषय सहमतिका आधारमा टुंग्याउनुपर्नेमा अध्यक्ष थापाले जोड दिए ।
प्रतिक्रिया