बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेकको चौथो सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । अबको केही बेरमै सम्मेलनको औपचारिक शुरुवात हुँदै छ ।
सदस्य राष्ट्रका सबै सरकारप्रमुख र राष्ट्रप्रमुखको सम्मेलन स्थल होटेल सोल्टीमा उपस्थिति भइसकेको छ । विदेशी राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन स्थलमा स्वागत गरेका छन् ।
प्रतिक्रिया