– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
सत्चालीस सालमा एमाले, काङ्ग्रेस एकत्र भएर
संविधान नयाँ ल्याएथे राम्रो देशलाई हेरेर
प्रधानमन्त्री किशुनजी हाम्रा मदन भण्डारी
त्याग्नु भो स्वार्थ गणेशमानले त्यो बेला खासगरी ।
खुम्चिन राजी भएथे हाम्रा वीरेन्द्र राजाले
दिएथे ठाउँ राजालाई पनि नेपाली प्रजाले
सबैले मिली विकास गर्ने भावना पलायो
आतङ्कको छायाले देशको संविधान जलायो ।
जे भए पनि आतङ्ककारी शक्तिले हा-यो है
एमाले, काङ्ग्रेस आएर फेरि लोकतन्त्र जित्यो है
अहिले छैनन् गिरिजा पनि सुशील र देउवा छन्
माधव, ओली, झलनाथ पनि तगडा नेता हुन् ।
अब त ल्याउँछन् संविधान भन्ने विश्वास पलायो
काङ्ग्रेसले जित्दा जनतामाझ भरोसा दिलायो
सात सालमा पनि गरेथ्यो क्रान्ति नेपाली काङ्ग्रेसले
छयालीसदेखि बैसट्ठीसम्म नेतृत्व उसैले ।
सुशील बा/ छन् किशुनजस्तै आदर्श पछ्याउने
शेरबहादुर पनि अक्सर गर्छन् सबैलाई समेट्ने
माधव, ओली र झलनाथ सुधारवादी हुन्
यिनैमा अब भरोसा गर्नु विकल्प छैन झन् ।
सताउँथे साह्रै नेपालीलाई केही नेता हरेराम !
जनताले हराइदिएर लाए उत्तानो तिनले टाङ
यीभन्दा राम्रा लाग्दछन् हाम्रा मोहन वैद्यजी
सुध्रन्छन् जस्तो मलाई लाग्छ हेरेर मौका ती ।
राप्रपा पनि एकगठ भई आउँछ कि जस्तो छ
त्यसो भो भने विकासको गति फस्टाउँछजस्तो छ
अबको युगमा निषेध गर्नु कसैलाई हुँदैन
सबैले मिली विकास गरे अभावले छुँदैन ।
म धन्यवाद ज्ञापन गर्छु नेपाली जनतालाई
सुझाव दिन्छु सधैँ नै राम्रो एमाले, काङ्ग्रेसलाई
बुद्धको देशमा हिंसा र हत्या मिल्काउनुपर्दछ
आतङ्क र अशान्तिलाई पाखा लगाउनुपर्दछ ।
प्रतिक्रिया