नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा तल्लो तहका समिति गठन नहुँदै समानान्तर कमिटीको सिफारिस हुन थालेको र गुटगत भाँडभैलो मच्चिएको समाचारले चर्चा पाइरहेको बेला प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीको तल्ला तहको एकता एवं सरकारको काम कारवाहीबारे छलफल भएको बुझिएको छ ।
मंलगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेताबीचको भेटवार्तामा पार्टीको जिल्ला तहका एकतालाई समझदारीमा पूरा गर्ने विषयमा छलफल भएको स्रोत बताउँछ । बालुवाटारमा भएको छलफलमा प्रदेश र जिल्ला तहको पार्टी एकतालाई शीघ्र निष्कर्षमा पु¥याउने तथा जनवर्गीय सङ्गठनको एकतालाई टुङ्गोमा पर्याउने विषयमा प्रचण्ड र ओलीबीच विचारविमर्श भएको हो ।
नेकपाका प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकताका लागि गठित अधिकांश कार्यदलले प्रतिवेदन बुझाएका छन्, तर पार्टीको सचिवालय बैठक बस्न नसक्दा ती प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन । यस्तै छलफलमा सरकारको काम कारवाही र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत दुई अध्यक्षबीच कुराकानी भएको बुझिएको छ ।
प्रतिक्रिया