महिलालाई विशेष अवसर दिएको पशुपतिको दाबी

महिलालाई विशेष अवसर दिएको पशुपतिको दाबी


राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले आफ्नो पार्टीले महिलालाई विशेष अवसर दिएकोे बताएका छन् ।

पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातन्त्र महिला सङ्गठनले आयोजना गरेको तीज विशेष कार्यक्रममा अध्यक्ष राणाले भने, ‘पार्टीले महिलालाई पुरुष सरह नै अगाडि ल्याउन खोजेको छ ।’

अध्यक्ष राणाले सङ्गठन बिस्तारमा महिलाको विशेष भूमिका रहेको उल्लेख गर्दै देशमा महिला तथा बालबालिकामाथि बढ्दै गएको बलात्कारका घटनाविरुद्ध पार्टीले सरकारलाई विशेषरुपमा घच्घच्याउने काम गरिरहेको बताए ।

पार्टीका उपाध्यक्ष आष्टमाया लामाले देशभरका महिलालाई एकै ठाउँमा भेला गर्न तीजले विशेष भूमिका निर्वाह गरेको धारणा व्यक्त गरे ।