ब्राजिलको राष्ट्रपतीय चुनावलाई बिथोल्ने क्रियाकलाप हुन थालेको छ । राष्ट्रपतिका मुख्य प्रतिष्पर्धीमाथि ठानिएका जैर बोल्सोनारोमाथि छूरा प्रहार भएको हो ।
चुनावी ¥यालीमा सहभागी भएका बोल्सोनारोमाथि दक्षिण–पूर्वी राज्यको मिनास गेरिसमा छूरा प्रहार भएको हो । छुरा हान्दा बोल्सोनारोको पेटमा लागेको छ ।
घाइते बोल्सोनारोलाई उपचारका लागि अस्पताल भर्ना गरिएको र उनको अवस्था गम्भीर भए पनि निको हुने अपेक्षा गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सुरक्षाकर्मी तथा समर्थकले घेरिएका उनीमाथि कसले छुरा प्रहार गर्यो भन्नेबारे केही पनि खुलेको छैन । ब्राजिलमा अर्को महिना राष्ट्रपतिको चुनाव हुँदैछ ।
प्रतिक्रिया