मोडल भन्दै दुबईमा छमछमी

मोडल भन्दै दुबईमा छमछमी


funtimeयतिबेला नेपाली चलचित्र उद्योग वा मोडलिङ क्षेत्र केही नवप्रवेशीका निम्ति फापिलो माध्यम बन्न पुगेको छ । फलानो चलचित्रमा काम गरेकी छु, फलाना हिरो भएको सिनेमाकी सहनायिका हुँ वा फलानो म्युजिक भिडियोकी मोडल मै हुँ भन्दै परिचय दिँदा अन्य क्षेत्रमा ‘डिमान्ड’ बढ्ने र मनोरञ्जन तथा विशेषगरी महिला कलाकारलाई बढी नै माया गर्ने ‘कलाप्रेमी’हरूको अगाडि शान, मान र दाम पनि बढाउन पाइने हुनाले केही नवप्रवेशीका लागि ग्ल्यामर्स क्षेत्र कमाइको बलियो अधार बन्ने गरेको हो ।
विशेष गरेर यस्ता ‘कलाकार’का निम्ति नृत्यविधा कमाइको सशक्त आधार बन्न थालेको पाइएको छ । एउटा फिल्ममा अनुहार देखाउनु वा केही म्युजिक भिडियोमा काम गर्न पाउनु नै उनीहरूका निम्ति विदेश जाने लाइसेन्स सावित हुन थालेको अवस्था छ । विदेशमा हुने सांस्कृतिक कार्यक्रममा नभएर रेस्टुरेन्टहरूमा नृत्य गर्न नेपालबाट यसरी कथित मोडलहरू जान थालेपछि यस्ता असलियत सार्वजनिक हुन थालेका हुन् । नेपालमा सानो भूमिकामा काम गर्न या गीतमा मोडलिङ गर्ने कामलाई खासै महत्व दिँदैनन् यिनीहरू, तर यही कामलाई शो गरेर मोडलहरू विशेष गरेर मलेसिया र दुबईका रेस्टुरेन्टमा सेक्सी अन्दाजमा कम्मर मर्काउनका लागि निकै लालायित देखिँदै आएका छन् । केही महिनाको सम्झौतामा नृत्य गर्न नवप्रवेशी मोडलहरू यस्ता मुलुकमा जाने गरेका छन् । पारिश्रमिकको मामिलामा रामै्र पारिश्रमिक यिनीहरूले पाउने गरेका छन् भने उता केही महिना काम गर्दा नेपालमा आफ्नो क्षेत्रमा पनि खासै असर नपर्ने सोच उनीहरूमा देखिन्छ । नृत्य विधालाई निरन्तरता दिन पनि विदेशी भूमिमा गरिने नृत्यले सहयोग गर्ने गरेको तर्क पनि उनीहरू अगाडि सार्छन् ।
यसैक्रममा केही समयअगाडि मात्र पनि चलचित्र ‘ढुवानी’की नायिका तथा म्युजिक भिडियोकी मोडल सगुन शाही नृत्य गर्न दुबई गएको चर्चा बजारमा छाएको छ । ‘ढुवानी’मा खेलेर खासै जम्न नसक्नु अनि विशेष गरेर लोकगीतहरूको म्युजिक भिडियोबाट प्राप्त हुने पारिश्रमिक पनि खासै गतिलो नहुनुले पनि सगुनको मन भाँचिन पुगेको थियो । यस्तै बिब्ल्याँटो परिस्थितिका कारण केही समयका लागि उनी नृत्य गर्न दुबई पुगेकी उनका सहकर्मीहरूले बताएका छन् ।
त्यसो त दुबईको रेस्टुरेन्टमा नृत्य गर्नुलाई खासै गलत रूपमा हेर्ने गरिएको छैन । महिला अधिकार र न्यायका लागि सुरक्षित मुलुक मानिने दुबईका राम्रा होटलहरूमा नृत्य गर्नु र राम्रो पारिश्रमिक हात पार्न सक्नु एक प्रकारले करिअरकै सफलता हो । केही समयता नेपालबाट मात्र नभएर अन्य मुलुकबाट पनि नृत्य विधामा लागेकाहरू दुबईतर्फ आकर्षित भइरहेका छन् भने पारिश्रमिकका रूपमा हातपर्ने रकमबाट उनीहरू सन्तुष्ट नै देखिने गरेका पनि छन् । यस्तोमा नृत्यकारितासँग सम्बन्ध नराख्नेहरूले किन चासो र चिन्ता प्रकट गर्नु… ?

परमधामको पैंतालीसमै प्रणयलीला
निर्देशक शिव रेग्मीको निधन भएको डेढ महिना पनि पुगेको छैन । यी कुशल निर्देशकको निधनमा रमाएका चलचित्रकर्मीको आँखा अझै ओभाएका छैनन् । तर, स्वर्गीय रेग्मीकी छोरी भावनाले भने आफ्ना पितासँगको वियोगको घटनालाई यति चाँडै किन बिर्सिदिइन् ? भन्ने चासो पैदा भएको छ । आफ्नो मुहारमा खुसी ल्याउन उनले किन हतार गरिन् ? चलचित्र क्षेत्र र रेग्मी परिवारका शुभचिन्तकहरू सबै तीनछक परेका छन् ।
प्रसङ्ग हो भावना रेग्मीको विवाहको हो । चर्चित निर्देशक स्वर्गीय रेग्मीकी छोरी भावना सिनेमाकी हिरोइन पनि हुन् । आफ्ना पिताले निर्देशन गरेको चलचित्र ‘सो सिम्पल’बाट चलचित्रमा डेब्यु गरेकी भावना पिताको निधनको डेढ महिना पनि नबित्दै बाजा नै घन्काएर विवाहबन्धनमा बाँधिएको खबर सार्वजनिक भएपछि यसबारे सबैको ‘सटकट’ प्रतिक्रिया आयो– किन हतार गरिन् भावनाले ? नेपाली संस्कृतिअनुसार आफ्नो परिवारमा कोही दिवङ्गत भएको छ भने एक वर्षसम्म कुनै पनि शुभकार्य गर्न नहुने मान्यता रहिआएको छ । तर, भावनाले यस परम्परागत भावनाको कदर गरिनन् । केही समय कुर्न किन सकिनन् उनले भन्ने जिज्ञाशा यतिबेला चलचित्र वृत्तमा उठ्न थालेको छ । आफ्नो परिवारमा वियोग र पीडा भइरहेको बेला भावनाले सबैलाई आश्चर्यमा पार्ने गरी विवाह गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । चितवनकी भावनाले काठमाडौं बसेर व्यापार गर्दै आएका एक युवकसँग विवाह गरेकी छिन् ।
परिवारकै सरसल्लाहमा भावनाले विवाह गरेको कुरा बताइए तापनि घरकै मूलीको निधनले शोकाकूल भएको त्यो परिवारमा कसरी भावनाको विवाहले खुसी प्रदान ग-यो होला त ? निर्देशक स्वर्गीय शिव रेग्मीको निधनले पु-याएको अपूरणीय क्षतिको चर्चा सेलाउन नपाउँदै उनकै परिवारमा छोरीको विवाहको खबर आउँदा यतिबेला सिङ्गो कलाकारिता क्षेत्रले भावना रेग्मीलाई प्रश्न गरेको छ, ‘भावना, वैवाहिक जिन्दगीको आनन्दमा लुटपुटिन किन प-यो यत्रो हतार ?

एउटै छानामुनि दश देशका बाह्र फिल्म
पुराना कलाकर्मी कृष्ण मल्लको अगुवाइमा स्थापना भएको नेपाल फिल्म सोसाइटी गर्माएको छ । ‘नेपाली फिल्म गाउँदेखि विश्वसम्म’ भन्ने नारा बोकर अगाडि बढेको नेपाली फिल्म सोसाइटीले आफ्नो पहिलो पाइलास्वरूप काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलको सुरुवात गरेको छ ।
काठमाडौंमा गत सोमबारदेखि सुरुवात भएको यो फेस्टिबल शुक्रबारसम्म चल्ने बताइएको छ । सोमबार एक विशेष समारोहमा उपराष्ट्रपति परमानन्द झाले फेस्टिबलको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा उहाँले नेपाल प्राकृतिक रूपमै स्टुडियो हो र नेपाललाई सुटिङस्थलका रूपमा विकास गर्न विदेशी चलचित्रकर्मीलाई आग्रह गर्नुभएको थियो । उपराष्ट्रपतिले यस्ता महोत्सवहरूले सिनेमाप्रति दर्शकको चासो बढाउने कुरामा उपराष्ट्रपतिले जोड दिनुभयो । कार्यक्रममा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले महोत्सवमा दश देशका १२ फिल्महरूको सहभागिता रहेको जानकारी दिनुभयो ।