‘द्विपक्षीय सम्झौता कार्यान्वयनमा जोड’

‘द्विपक्षीय सम्झौता कार्यान्वयनमा जोड’


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतका उच्चतहको नेतृत्वले गरेका द्विपक्षीय सम्झौता समयमै कार्यान्वयनमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

भारत भ्रमणमा रहेका अध्यक्ष दाहालले विश्व मामिलासम्बन्धी भारतीय परिषद् (आइसीडब्लुए)ले नयाँ दिल्लीमा आयोजना गरेको ‘हालैको नेपालको विकास र नेपाल–भारत सम्बन्धको विस्तार’ सम्बन्धमा प्रवचन दिँदै उनले यसका लागि तल्लोस्तरदेखि नै सकारात्मक तवरले काम शुरु भएको बताए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देश नेपाल चारपटक भ्रमण गरेकोमा खुशी व्यक्त गर्दै पूर्वप्रधानमन्त्री दाहालले उच्चस्तरको भ्रमण नेपाल–भारतबीचको सम्बन्धमा ऐतिहासिक रुपमा रहने बताए ।

उनले दुई देशबीचको विकासका लागि अन्तरदेशीय पूर्वाधारलाई उच्चप्राथमिकता राख्न उपयुक्त हुने बताए । उनले छिट्टै सञ्चालनमा आउने अन्तरदेशीय रेल सञ्चालनबाट व्यापार, पारवाहन तथा जनताको आवतजातवमा सहज हुने विश्वास व्यक्त गरे ।

मुख्य सीमा बिन्दुमा सडकको स्तरोन्नति गर्नुपर्ने विचार व्यक्त गर्दै अध्यक्ष दाहालले नेपालसँग भएको जलविद्युतको क्षमता र भारतको आवश्यकताबीचमा मुख्य सहकार्य हुनुपर्नेमा जोड दिएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

नेपाल र भारत दुवै पक्ष सम्बन्धलाई २१ औं शताब्दीअनुसार स्तरउन्नती गर्दै उनले लैजानुपर्नेमा सहमत भएको र यसले प्रबुद्ध व्यक्ति समूह(इपिजी)ले दिएको सुझाव कार्यान्वयन गरिनुपर्ने बताए ।

द्वीपक्षीय सम्बन्ध, समानता, आपसी सम्मान र आपसी फाइदा र अहस्तक्षेपकारी नीति नेपालले अङ्गीकार गरेको बताउँदै अध्यक्ष दाहालले नेपालको शान्त, स्थायी, समृद्धि र प्रजातान्त्रिक चासोमा रहेको मजबुद सम्बन्ध छिमेकी, क्षेत्र र क्षेत्रभन्दा माथि रहेको दोहो¥याए ।

उनले भारतले विकासको लक्ष्य प्राप्त गर्न तय गरेको ‘सबका साथ, सबका विकास’को नारा र नेपालले पनि ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा दीगो विकासका लागि गतिशील दृष्टिकोण भएको बताए । अध्यक्ष दाहालले दीगो विकास लक्ष्य हासिल गर्न सन् २०३० भित्र नेपाललाई अतिकम विकसित मुलुकको अवस्थाबाट मध्यम आय भएको मुलुकको अवस्थामा पु¥याउन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।