राजविराज । थारु कल्याणकारिणी सभा सप्तरीको सातौँ अधिवेशन सप्तरीको पातोमा शुरु भएको छ । हिजो शनिबारदेखि शुरु अधिवेशनको उद्घाटन गर्दै सप्तरीको क्षेत्र न. ३ बाट राजपाको तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीले संविधान निर्माण दौरनमा भएको त्रुटी सच्याउन संविधान संसोधन आवश्यक रहेको बताए ।
‘वर्तमान सविधानले आदिवासी जनजाति, मधेशी, थारु लगायतका उत्पिडनमा परेको समुदायको अधिकार समेट्न नसकेकोले संविधान संशोधन गर्न जरुरी छ’- उनले भने ।
सप्तरीको क्षेत्र नम्वर ३ ख वाट निर्वार्चित प्रदेशसभा सदस्य विदेश्वरप्रसाद यादव विक्कीले सबै प्रकारको विभेदको अन्त्य गर्न पुनः आन्दोलन गर्नुपर्ने भन्दै पहिचान र अधिकारका लागि हुने आन्दोलनमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पुर्वसभासद मानपुर चौधरीले पहिचान र अधिकारको आन्दोलनमा सबै पहिचान पक्षधर शक्ति गोलबद्ध हुनुपर्नेमा जोड दिए ।
थारु कल्याणकारिणी सभा सप्तरीका अध्यक्ष अरुण कुमार चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष वृजमान तामाङ, तामाङ, थारुनेता विनोद चौधरी, महेश चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य वीरेन्द्र चौधरी, उचितनारायण चौधरी, पुर्व केन्द्रिय सल्लाहकार वौली चौधरी, सुरुङ्गा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरी, अग्नीसाइर कृष्णा सवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी लगायतले अधिवेशनको सफलताको शुभकामाना व्यक्त गरे ।
कार्यक्रममा थारु समुदायको पौराणिक धुमरा नाच र विभिन्न पहिचान झल्कने गीत तथा नृत्य थारु समुदायका चर्चित कलाकारहरुले प्रस्तुत गरेका थिए ।
यसअधि झाँकीसहित निस्केकोे कलशयात्रा नगरको विभिन्न भाग परिक्रमा गरी अधिवेशन स्थल पुगेका थिए । अधिवेशनको बन्द सत्र आज हुने र नयाँ कार्यसमिति चयनका साथै भावी नीति तथा कार्यक्रम पारित हुने थारु कल्याणकारिणी सभा सप्तरीका सदस्य शिवनारायण चौधरीले बताए ।
कार्यक्रममा थारु जनप्रतिनिधि र आन्दोलनका घाइते तथा थारु समुदायको कलासंस्कृति जेगेर्ना गर्न योगदान दिने ९ दर्जन भन्दा बढिलाई प्रसंशापत्र सहित गम्छा ओढाएर सम्मान गरिएको थियो ।
प्रतिक्रिया