राजनैतिक पूर्वाग्रहका आधारमा गैरन्यायिक ढङ्गले आफूलाई मुद्दा चलाइएको भन्दै विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डले सरकारले यसको मुल्य चुकाउनु पर्ने प्रतिक्रिया दिएका छन् । गत शुक्रबार साँझ भोजपुरबाट दाङ पुर्याइएका प्रकाण्डले राजनीतिक पूर्वाग्रह साँध्नका लागि तथ्यहीन मुद्दा चलाइएको दाबी गर्दै परिवर्तनका लागि सङ्घर्ष गर्दा अनेक झुटको खेती गरेको आरोप लगाए ।
गत वर्ष सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा तुलसीपुर पुग्दो उनलाई लक्षित गरी बम बिष्फोट गराएको मुद्दा प्रकाण्डमाथि लगाइएको छ । विष्फोटको सो घटनामा एक जना म्यादी प्रहरीको ज्यान गएको थियो । उक्त विष्फोटबारे उनले आफ्नो डायरीमा केही लेखेको र त्यसैलाई प्रमाणको आधार बनाएर कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको प्रहरी सुत्र बताउँछ । तर, डायरी प्रकाण्डकै हो भनी प्रमाणित हुने आधार भने नरहेको स्रोतको कथन छ ।
बताइएअनुसार निर्धारित समयभन्दा पहिने नै विष्फोट गराइएकोले म्यादी प्रहरीको ज्यान गएको कुरा प्रकाण्डले आफ्नो डायरीमा उल्लेख गरेका छन् । हिरासतको म्याद थप गर्न आजै जिल्ला अदालतमा पेश गरिएका उनको मुद्दामा आगामी २७ गते सुनुवाई हुनेछ ।
प्रतिक्रिया