बीपीको सिद्धान्त पछ्याउन आवश्यक : कोइराला

बीपीको सिद्धान्त पछ्याउन आवश्यक : कोइराला


नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीभित्र भएका गुट–उपगुटको अन्त्य गरी एकताको सन्देश दिनुपर्ने बताएका छन् ।

दाङको लमहीमा आज कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गुट–उपगुट हुँदा पार्टीभित्रको आन्तरिक विवादका कारण बाह्य शक्तिले फाइदा लिइरहेकोले नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरे ।

बीपीको १०५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा पार्टीलाई बलियो बनाउन बीपीको सिद्धान्त पछ्याउन आवश्यक भएको भन्दै उनले कांग्रेसको विचार, कार्यकर्ता र विकास महत्वपूर्ण रहेकाले कांग्रेस पार्टी कहिल्यै पछि नपर्ने दाबी गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य बद्री पाण्डेले कांग्रेस संख्यामा हारे पनि विचारमा नहारेको भन्दै आपसी विवादभन्दा पार्टी बनाउने अभियानमा लाग्न उपस्थित कार्यकर्तालाई आग्रह गरे ।