नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्तीले पार्टीमा इमान्दारिता र विश्वसनियताको खडेरी परेको बताएका छन् । सदरमुकाम बेसीशहरमा आयोजित बीपी जयन्ती एवं तेस्रो नगर सम्मेलनलाई सम्बोधन गदै घर्तीले यस्तो बताएका हुन् ।
पार्टीमा बेमाइनीहरु हावी हुँदा काङ्ग्रेस कमजोर भएको भन्दै उनले पार्टीका नेता कार्यकर्तामा इमान्दारिताको खाँचो रहेको औल्याए । उनले पार्टी बलियो हुनलाई नेता कार्यकर्ता बलियो हुन आवश्यक रहेको भन्दै बिपीले देखाएको बाटो हिड्नुपर्नेमा नेतृत्वलाई सुझाव दिए । ‘बिपी उर्जा भएकोले उर्जाकोपछि लाग्नुपर्छ ।’ नेता घर्तीले भने, ‘बिपीको बिचारलाई भाषणमा ल्याएर केही हुनेवाला छैन् । त्यसैले उनको बिचारलाई ब्यवहारमा ल्याउन आवश्यक छ ।’
पार्टीमा गलत कुरा गरेर एक घण्टा पनि नटिक्ने काम नगर्न कार्यकर्ताहरुलाई निर्देशन दिदै उनले कांग्रेस सबैको साझा पार्टी भएकोले सबै सक्रिय भएर लाग्नुको विकल्प नरहेको प्रष्ट पारे ।
यस्तै, नेपाल विद्यार्थी संघका पूर्ब अध्यक्ष एवं काङ्ग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले बिपीको बिचार, र समाजवाद आज पनि सान्दर्भिक रहेको बताए । उनले बिपीको बिचार र उनको बाटोलाई संस्थागत गर्न सकेमात्रै पनि पार्टी र नेता कहिल्यै खिन्न हुन नपर्ने दावी गरे ।
नेपाली काङ्ग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेलले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने समय आएको बताउँदै पार्टीको काममा सबै एकजुट भएर लाग्नुपर्ने बेला आएको बताए ।
प्रतिक्रिया