नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ साताव्यापी चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् ।
भ्रमणका क्रममा नेता श्रेष्ठले बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टीको स्कुलिङ विभागका पदाधिकारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताइएको छ ।
उनका स्वकीय सचिव सुशन कर्मचार्यबाट प्राप्त जानकारीअनुसार भ्रमणकै दौरान नेकपाका प्रवक्ता श्रेष्ठले उच्च चिनियाँ राजनीतिक नेतृत्व र चीन सरकारका वरिष्ठमन्त्रीसँग पनि नेपाल–चीन सम्बन्धबारे छलफल गर्नेे छन् ।
भ्रमण दलमा १५ जनाको सहभागिता छ भने नेता श्रेष्ठ आगामी असोज ४ गते स्वदेश फर्कनेछन् ।
प्रतिक्रिया