काङ्ग्रेस नेता पौडेल युरोप प्रस्थान

काङ्ग्रेस नेता पौडेल युरोप प्रस्थान


नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल दुई साता लामो भ्रमणका लागि युरोप प्रस्थान गरेका छन् ।

नेपाली जनसम्पर्क समिति पोर्चुगलको आयोजनामा १०५औँ बिपी जयन्तीका अवसरमा हुन गएको ‘नेपालको सङ्घीयता कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका’ विषयक कार्यक्रममा भाग लिन उनि शुक्रबार आज साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेता पौडेल युरोप बस्दा पार्टीका कार्यकर्ता र विभिन्न जनसम्पर्क समितिका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । नेता पौडेल यही असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।