प्रकाण्डलाई उदयपुर पुऱ्याई विष्फोटक पदार्थको मुद्दा

प्रकाण्डलाई उदयपुर पुऱ्याई विष्फोटक पदार्थको मुद्दा


विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई राजधानी काठमाडौंबाट उदयपुर जिल्ला प्रहरी कार्यालय पुऱ्याइएको छ । सर्वोच्च अदालतले रिहा गर्न आदेश जारी गर्नुका साथै अदालतको आदेश बार–बार अवज्ञा गरेकोमा त्यसो नगर्न सरकारलाई चेतावनीसमेत दिएको थियो । यसका बाबजुद उनलाई पुनः गत शुक्रबार अदालत परिसरबाटै पक्राउ गरिएको थियो ।

काठमाडौंबाट पक्रिएर प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको र प्रकाण्डमाथि बम विस्फोटसम्बन्धी गतिविधि गरेको अभियोग लगाएर म्याद थप गरी विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भएको बुझिएको छ ।

यसअघि नै नेकपाका आधा दर्जन नेतालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेर विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइसकेको छ ।