विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा पुनः बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता भएको छ । प्रकाण्डका तर्फबाट उनका भाइ वीरेन्द्र विश्वकर्माले आइतबार बन्दीप्रत्यक्षीकरणको आदेशमार्फत थुनामुक्त गरी पाउँ भनेर निवेदन दर्ता गराएका हुन् ।
निवेदनमा एउटै विषयमा पूर्ण अनुसन्धान नै नगरी पटकपटक फरकफरक विषय उठाई थुनामा राखिएकाले बन्दीप्रत्यक्षीरकरणको आदेशमार्फत रिहा गर्न भनिएको छ । योसँगै प्रकाण्डका भाइ वीरेन्द्रले पाँचौँपटक उनको रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन् ।
यसअघि बन्दीप्रत्यक्षीकरणको निवदेनमा प्रवक्ता प्रकाण्डलाई भदौ १, ७, १८ र २९ गते सर्वोच्चले छाड्न आदेश दिएको थियो । ती निवेदनमाथि आदेश दिँदै सर्वोच्चले सरकारलाई ‘सर्वोच्च अदालतको आदेशलाई मर्यादाका साथ पालना गर्न’ सरकारलाई चेतावनी समेत दिइसकेको छ ।
प्रतिक्रिया