एलआरआई, निम्स र महामञ्जुश्रीले छैटौँ रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एलआरआई सिनियर ब्वाइज, निम्स सिनियर गल्र्स र महामञ्जुश्री जुनियर ब्वाइजमा च्याम्पियन बनेका हुन् ।
स्युचाटारस्थित आयोजक रेडिअन्ट स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा एलआरआईले पिपुल्सलाई ५३–४६ ले पराजित गरेको थियो । एलआरआईको जितमा धीरन कठायतले २३ अंक जोडेका थिए । त्यस्तै सिनियर गर्ल्सको उपाधि भिडन्तमा निम्सले स्किब्सलाई ४३–२७ ले पराजित गरेको थियो । सो खेलमा निम्सकी डोल्मा तामाङले २१ स्कोर गरेकी थिइन् ।
जुनियर ब्वाइज फाइनलमा महाञ्जुश्रीले आयोजक रेडिअन्टलाई २७–१७ ले पराजित गरेको थियो । विजयी टिमका लागि गोकुल भुजेलले १० अंक जोडेका थिए । त्यस्तै सिनियर ब्वाइजमा एलआरआईका लुजन महर्जन, सिनियर गर्ल्समा निम्सकी डोल्मा तामाङ र जुनियर ब्वाइजमा महामञ्जुश्रीका गोकुल भुजेज ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । सिनियर ब्वाइजमा हर्टल्यान्ड, सिनियर गर्ल्समा नेक्सस र जुनियर ब्वाइजमा एआईले अनुशासित टिमको उपाधि हात पारे ।
विजेतालाई नागर्जुन नगरपालिकाकी उपमेयर सुशीला अधिकारीलगायतले पुरस्कृत गरकी थिइन् । भदौ २२ गतेदेखि शुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ टिमले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया