लिंकन स्कुलले १७औँ एलए कप अन्तरविद्यालय पौडी प्रतियोगिताको उपाधि जितेको छ । लिंकन २ सय ७ अंकसाथ समग्रमा टिम च्याम्पियन बनेको हो । लिटिल एन्जल्स (एलए) स्कुलद्वारा आयोजित प्रतियोगितामा राजश्री गुरुकुल दोस्रो र आयोजक एलए तेस्रो भए । राजश्रीले ६७ र एलएले ५० अंक जोडेका थिए ।
विजेतालाई प्रतिनिधिसभाका सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए । दुईदिने प्रतियोगितामा विभिन्न ६५ विद्यालयबाट ३ सय ४ खेलाडीले ५० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया