विवाह गर्दै विदेश भासिँदै

विवाह गर्दै विदेश भासिँदै


funtimeनेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्दलाई छाडेर भन्नुपर्दा पहिलो रङ्गीन चलचित्र कुमारीकी अभिनेत्री चैत्यदेवीले विदेशी युवकसँग विवाह गरेपछि सुरु भएको नेपाली अभिनेत्रीको विदेशमा बस्ने नेपाली वा विदेशीसँग विवाह हुने क्रमले अझै निरन्तरता पाइरहेको छ ।
चलचित्रमा नाम कमाएपछि अभिनेत्रीहरूको चर्चा शिखरमा पुग्ने गर्छ । त्यो चर्चामाथि सबैको नजर पर्नु अस्वाभाविक पनि होइन । अन्ततः यही चर्चा नै उनीहरूलाई विदेशमा लगेर घरजम गर्ने राम्रो माध्यम बन्ने गरेको छ । प्रथम रङ्गीन नेपाली चलचित्र कुमारीकी नायिका चैत्यदेवीले जापानिज नागरिकसँग विवाह गरे तापनि त्यसपछिका अधिकांश नायिकाको विवाह भने विदेशमा बस्ने नेपाली वा विदेशी भइसकेका नेपालीसँग भएका प्रशस्त उदाहरण छन् । पहिले निरन्तर रूपमा कलाकारिता क्षेत्रमा लाग्ने उद्देश्य बोकेका अभिनेत्रीहरूलाई विदेशको मोह र आकर्षणले तान्ने गरेको देखिन्छ । अभिनेत्री विपना थापा यतिबेला घरजम गरेर भारततिरै बसिरहेकी छिन् भने कृष्टि मैनाली वर्षाैं भइसक्यो अमेरिकातिरै भासिएको । यसैगरी सारंगा श्रेष्ठ पनि यतिबेला सन्तान जन्माएर अमेरिकामा नै छिन् भने अर्की अभिनेत्री जल शाह पनि विवाह गरेर अमेरिकामा नै भासिएकी छिन् । अर्की नायिका सज्जा मैनालीको पनि अमेरिकामा बस्ने सपना अन्ततः विवाहले नै पु-याइदिएको छ । चलचित्रकर्ममा लागेका नायिकाहरू यसरी विवाह गर्दै विदेश पलायन हुन थालेको पनि धेरै भइसकेको छ तर यो क्रम रोकिएको छैन । पछिल्लोपटक युना उपे्रती पनि सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न अमेरिका जाँदा अमेरिकामा नै विवाह गरेर बसिन् । यो हप्ता अभिनेत्री रेजिना उपे्रती पनि आफ्ना अग्रजहरूको बाटो पछ्याएर विदेशमा रहने नेपाली युवककी दुलही बनेकी छिन् ।
यसै हप्ता वैवाहिक जीवनमा बाँधिएकी अभिनेत्री रेजिना उपे्रती निकै दङ्ग छिन् आफ्नो विवाहप्रति । बेलायतमा लामो समयदेखि बस्दै आएका नेपाली युवक सुरजसँग उनको प्रेम–प्रसङग भने लामै समयदेखि चल्दै आएको थियो । यसबीचमा रेजिना आफैँ पनि धेरैपटक बेलायत पुगिसकेकी छिन् । निकै उल्लासपूर्ण वातावरणमा विवाहमा बाँधिएकी रेजिना अब दुई हप्तापछि नै आफ्ना श्रीमान्का साथ सधैँका लागि बेलायत जाँदैछिन् ।
चलचित्रका अभिनेत्रीहरू चर्चाको शिखरमा पुगेपछि उनीहरूको गन्तव्य विदेश हुन थालेको छ । विदेशको मोह र सम्पत्तिभन्दा पनि आफ्नो भविष्य सुरक्षित गर्न अभिनेत्रीहरू विदेशमा रहेका नेपाली युवकहरूप्रति आकर्षित भएको देखिन्छ । अब हेर्नुछ कि अहिले आएका वा देखापरेका अभिनेत्रीहरूले पनि आफ्ना अग्रजहरूको पथलाई पछ्याउँछन् कि पछ्याउँदैनन् ?
विवाह गरेर कुन हिरोइन कहाँ छन् ?
कृष्टि मैनाली अमेरिका
सारंगा श्रेष्ठ अमेरिका
सज्जा मैनाली अमेरिका
युना उपे्रती अमेरिका
पार्वती अधिकारी बेल्जियम
पूजा चन्द अमेरिका
चैत्यदेवी जापान
जल शाह अमेरिका

श्रोता तान्ने ‘माधुर्य’
हरेक खालका श्रोताहरूको मन जित्न र हरेक वर्गका श्रोताहरूलाई आकर्षित गर्न सक्ने गीतहरूको संगालो माधुर्य बजारमा आएको छ । दीपक सापकोटाको एकल रचना रहेको एल्बम माधुर्यको राष्ट्रकवि माधवप्रसाद घिमिरेले विमोचन गर्नुभयो ।
जम्मा ६ वटा गीत सङ्ग्रहित यो एल्बममा समेटिएका गीतहरूमा अहिले चलेका र श्रोताहरूको मन जित्न सफल गायक–गायिकाहरू रामकृष्ण ढकाल, अञ्जु पन्त, स्वरूपराज आचार्य, प्रमोद खरेल, शिव परियार र दीपक लिम्बूको स्वर समाविष्ट छ । एल्बममा राजु सिंह, सञ्जय खड्गी र भोजराज प्रसाईंको सङ्गीत छ । गीतकार दीपक सापकोटाले विभिन्न भावना समेटिने गरी गीत तयार पारेका छन् भने त्यसकै अनुपातमा आवाज र सङ्गीत पनि तयार भएकाले एल्बम सुन्न लायकको बनेको छ ।

निखिलका दुईटीबीच आँखा तरातर
शनिबार अभिनेत्री रेजिना उप्रेतीले आफ्नो विवाहको भोज धुमधामसँग खुवाइन् । चलचित्रकर्मीहरूलाई मात्र होइन कि नेता र अभिनेताका धर्मपत्नीको पनि बाक्लै उपस्थिति थियो भोजमा । त्यही भोजमा एउटा कुनामा कोपिला थापा उपे्रती थिइन् भने अर्कोतर्फ सञ्जिता लुइँटेल । यी दुवै अभिनेता निखिल उपे्रतीका धर्मपत्नी हुन् । तर, निखिल भने त्यहाँ थिएनन् । निखिलका दुवै पत्नीलाई एउटै थलोमा बोलाएर रेजिनाले हेर्न लायकको वातावरणचाहिँ सिर्जना गरेकी नै थिइन् तर दुवैजना एकछिन् पनि एकसाथ देखिएनन् ।
समारोहमा उपस्थित केही चलचित्रकर्मीले निखिलपत्नी दुवैलाई एउटै ठाउँमा एकसाथ उभ्याउन खोजेका त थिए तर उनीहरूमा त्यो चाहना थिएन । सञ्चारकर्मीहरूका क्यामेरा पनि कोपिला र सञ्चितालाई एउटै ‘पे्रmम’मा राख्न लालायित थिए, तर त्यो सम्भव भएन । एउटा कुनामा कोपिला थिइन् भने अर्को कुनामा सञ्चिता । ओठ नचले पनि दुवैले एक–अर्कालाई घुरीघुरी आँखा तरीतरी हेरेका दृश्य भने हेर्न लायकको थियो ।
एक–अर्कालाई वास्ता नै नगरीकन विवाहको भोजमा रमाइरहेका कोपिला र सञ्चितामध्ये चलचित्रकर्मीहरू भने बढी मात्रामा कोपिला उपे्रतीतिर झुम्मिएका थिए । तर, सञ्चिता भने बेलाबेलामा एक्लै हुने गर्थिन् । चलचित्रकर्मीहरूले पनि आफूलाई वास्ता गर्न छाडेपछि र आफू पनि राम्ररी चलचित्रकर्मीहरूमाझ खुल्न नसकेपछि अन्ततः सञ्चिता सबैभन्दा पहिले नै बाहिरिएकी थिइन् ।
‘सिनेमाण्डु’मा मन जित्यो ‘मोक्ष’ले
भारतीय दूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानको तत्वावधानमा गत सोमबार नेपाल वायुसेवा भवनस्थित नेपाल–भारत पुस्तकालयमा नेपाली चलचित्र ‘मोक्ष’को प्रदर्शनका साथ ‘सिनेमाण्डु’को ११औँ संस्करण कार्यक्रम आयोजना गरियो । प्रवीण श्रेष्ठद्वारा निर्देशित सत्य घटनामा आधारित ‘मोक्ष’ समीक्षकहरूबाट निकै सह्राइएको चलचित्र हो ।
मोक्षको प्रदर्शनमा सिनेमाका लेखक तथा निर्देशक प्रवीण श्रेष्ठ, निर्माता सुनील मानन्धर, अभिनेताहरू कोसिस क्षेत्री, विक्रम सिंह, दीपेश भण्डारी, वसन्त भट्ट र विशाल ढुङ्गानाका साथ सङ्गीतकार तथा गायक सञ्जीव सिंह पनि उपस्थित थिए ।
कार्यक्रममा आफ्नो वास्तविक कथामा आधारित मोक्षबारे जानकारी दिँदै लेखक/निर्देशक प्रवीण श्रेष्ठले ‘शारीरिक विकलाङ्गता जीवनका सम्भावनाको अन्त्य होइन बरु नयाँ सुरुवात हो’ भन्ने अभिव्यक्ति दिँदा हलमा खचाखच उपस्थित दर्शक/श्रोताहरू भावुक बनेका थिए ।
सिनेमाको प्रदर्शनपछि फिल्म निर्माण समूह र दर्शकबीच अन्तरक्रियात्मक संवाद भएको थियो । सो क्रममा वास्तविक कथामा आधारित सिनेमा निर्माणका चुनौती, फिक्सनमा आधारित र वास्तविक कथामा बाँधिएको चलचित्र निर्माणका भिन्नता, नेपाली चलचित्र निर्माणमा आएको नयाँपन आदिबारे चर्चा गरिएको थियो । लेखक तथा निर्देशक प्रवीणले आफ्नो जीवनको वास्तविकतामा आधारित सिनेमा भएकाले मोक्षलाई कुनै डकुड्रामाका रूपमा प्रस्तुत गर्न नचाहेको खुलासा गर्दै मोक्षप्रति देखिएको रुझान र दर्शकको प्रशंसाले आफूलाई सिर्जनात्मक काममा लाग्न प्रेरित गरेको अभिव्यक्ति दिए ।
भारतीय राजदूतावासका प्रेस सूचना तथा सांस्कृतिक विभाग प्रमुख अभय कुमारले व्यक्तिको शारीरिक विकलाङ्गताले प्रगति र सफलताको बाटो छेक्न नसक्ने उल्लेख गर्दै देखाइमा शारीरिक रूपले सबलाङ्गी भए पनि व्यक्ति यदि ‘मानसिक विकलाङ्गता’को सिकार बनेको छ भने त्यो खतरनाक हुने कुरा चलचित्र मोक्षले प्रस्ट्याएको बताउनुभयो ।
कार्यक्रमको अन्त्यमा मोक्षका सङ्गीत निर्देशक तथा गायक सञ्जीव सिंह र अभिनेता कोसिस क्षेत्रीले संयुुक्त रूपमा मोक्षको एउटा गीतका केही पङ्क्ति प्रस्तुत गरेका थिए ।

यसरी पोखिइन् सीता विमानभित्रै
सीता पाण्डे चर्चित यौनवादी साहित्यकार हुनुहुन्छ । आठ वर्ष लामो अमेरिका बसाइपछि हालै नेपाल आउनुभएकी उहाँले विमानभित्रै आफ्ना अनुभूतिहरू कागजमा पोख्नुभयो । नयाँदिल्लीबाट विमान काठमाडौंतर्फ उडेपछि परिचारिकासँग उहाँले कागज माग गर्नुभयो र लेख्न थाल्नुभयो । आठ वर्षअघि यस साप्ताहिकको स्तम्भकारसमेत रहनुभएकी पाण्डेका अनुभूति यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ ।
आज म काठमाडौं फर्किदै छु– करिब आठ वर्षपछि । खुशी, उत्सुकता, उत्तेजना र कुतूहलले म भरिएकी छु । मलाई नेपालबाहिर बिताएको आठ वर्ष एउटा ‘लामो यात्रा’जस्तो लागेको छ । र, यात्रापछि म घर फर्किंदै छु । मलाई अहिले अनौठो अनुभूति भइरहेको छ– एक किसिमको सौम्य, भद्र र कुतूहलले भरिएको मन । चाँडै नेपाली मूलका नेपाली नेपालबाट फर्केपछि भन्ने गर्छन्– नेपालमा ज्यादै महँगी छ, भीड छ, धुलो, धुवाँ र प्रदूषित हावा छ । तर, मलाई लाग्छ म हवाईजहाजबाट उत्रेपछि जहाँ जमिन भेटिन्छ– एक मुठी माटो टिपेर सुँघ्छु/सँुघ्छु मनभरी हेरिरहन्छु– काठमाडौंलाई एउटा लामो यात्रापछि घर फर्किएकी आमाले बच्चालाई हेरेझैँ, अँगालेझैँ । बच्चासित लुटपुटिन/गुटमुटिन चाहन्छु । मनभरि सायद धेरैबेरसम्म । सायद प्रदूषित हावा पनि मलाई ःष्अजभच पयचअभ जसको बास्नामा बास्ना लागोस् । म काठमाडौं पुग्नेबित्तिकै मनभरि अघाउन्जेल श्वासप्रश्वास लिन चाहन्छु सायद । डाक्टरले बिरामी जाँच्ने गर्दा प्रायः भन्ने गर्दछन्– लामो श्वास लिनुस् घरिघरि, त्यसै गर्छु म ।
सायद मेरो आठ वर्षको प्रवास बसाइबाट म बिरामी पो भएकी छु र काठमाडौं मेरै लागि डाक्टर होस् ।
मेरी बहिनी गत वर्ष काठमाडौंबाट फर्केपछि न्युयोर्कमा भेट हुँदा मलाई भनी– काठमाडौं त कालो चुकजस्तो छ– राति । पखेटा चुँडिएको पन्छीजस्तो छ, काठमाडौं हड्ताल र नेपाल बन्दले तपाईं त्यहाँ धेरै दिन बस्न सक्नुहुन्न । आत्तिनुहुन्छ, अत्तालिनुहुन्छ– बच्चाले हाटबजारमा आमा वा अभिभावकलाई हराएझैँ । समाचारहरू पनि त्यस्तै बोल्ने गर्छन् । काठमाडौं लाटोकोसेरोझैं छ । तर, मलाई लाग्छ काठमाडौं लाटोकोसेरो होस् या जुनकिरी, त्यसलाई छुन मात्र पाए पनि मलाई पुग्छ, रुन (खुशीले) पाए पुग्छ अहिले । मलाई अहिले बाहिर बिताएका आठ वर्ष खास पश्चात्ताप त छैन तर बिहेपछिको सुहागरातसमेत बाहिर बिताएर फर्किएकी दुलहीको उष्णता छ ममा अहिले ।
आठ वर्षको लामो यात्रापछि म काठमाडौं फर्किंदै छु– मलाई अँध्यारो र उज्यालो, प्रदूषित र स्वच्छ हावा, भीड र शान्ति केहीसित मतलब छैन उसलाई भेट्नेबित्तिकै अँगालो मार्न चाहन्छु, म्वाइँ खान चाहन्छु र स्खलित हुन चाहन्छु ।
मलाई थाहा छ यो लामो यात्रामा मैले कति चाहेँ उसलाई, कति सम्झेँ, सम्भिँmदा–सम्भिँmदै पनि आफैँलाई बिर्सें । तर, मलाई लाज लाग्यो त्योभन्दा पनि उसको उत्तर अनुत्तरित छ, रहनेछ र त्यो अनुत्तरित जवाफ सबैसित छ वा छैन– तर मेरो लागि एउटा ज्यमि हो, एउटा खाल्डो, शून्य । सायद अनिवार्य खाल्डो शून्य ।
उल्लिखित व्यहोरा लेखिसक्दानसक्दै विमान काठमाडौं अवतरण ग-यो । विमानस्थलबाट आफ्नो निवासस्थान कोटेश्वरतर्फ जाँदै गर्दा तिनकुनेमा ट्याक्सी रोक्नुभयो र ओर्लेर सात पाइला हिँड्नुभयो । अनि भूमिबाट एक अञ्जुली धुलो उठाउनुभयो, सुँघ्नुभयो, निधारमा लगाउनुभयो र आफ्नो ब्रिफकेसमा राख्नुभयो । सीता पाण्डेजी अत्यन्त भावविभोर हुनुभयो मातृभूमिमा पाइला टेक्दा ।