घटना र विचारका खेलकुद सम्पादक भण्डारी सम्मानित

घटना र विचारका खेलकुद सम्पादक भण्डारी सम्मानित


दुई दशकभन्दा लामो समयदेखि घटना र विचार साप्ताहिक पत्रिकाका खेलकुद सम्पादक तथा घटना र विचार अनलाइनडटकमका स्पोर्टस् ब्युरो प्रमुख श्रीविक्रम भण्डारी सम्मानित भएका छन् ।

भण्डारीलाई लामो समयदेखि खेलकुद क्षेत्रको विकास र विस्तारमा पत्रकारितामा माध्यमबाट अतुलनीय योगदान पु¥याएको भन्दै राष्ट्रिय तेक्वान्दो संघ काठमाडौं जिल्ला कार्यसमितिले राजधानीमा शनिबार उच्च कदर गर्दै सम्मान गरेको हो ।

उनलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सम्मानपत्र प्रदान गरेका थिए । सम्मानपत्र वितरण समारोहमा राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष शिव कोइराला ज्वाला, महासचिव राजकुमार कार्की र संघका कार्यसमितिका पदाधिकारीका साथै काठमाडौं जिल्ला तेक्वान्दो संघ कार्यसमितिका अध्यक्ष विनय महत र सचिव रोशन बोहराको समेत उपस्थिति रहेको थियो ।

सम्मानित भण्डारी विगत तीन दशकदेखि खेलकुद पत्रकारिता सक्रिय छन् । नेपाल खेलकुद पत्रकार मञ्चका संस्थापक अध्यक्षसमेत रहेका उनी दक्षिण एसियाली खेलकुद संघ नेपाल तथा नेपाल आइस हक्की संघको उपाध्यक्षसमेत हुन् ।