नेकपाका रोल्पा जिल्ला सेक्रेटरी पक्राउ

नेकपाका रोल्पा जिल्ला सेक्रेटरी पक्राउ


विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई प्रहरीले प्रक्राउ गरेको छ । रोल्पा नगरपालिका–१० धवाङको साउनेपानीमा सो पार्टीले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उपस्थित रहेका सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो ।

पार्टीको तीन महीने अभियानअन्तर्गत धवाङमा सांस्कृतिक कार्यक्रम भइरहेका बेला प्रहरीले सुवेदीलाई नियन्त्रणमा लिएको बताइएको छ । उक्त कार्यक्रममा नेकपाका अन्य नेता कार्यकर्ताको समेत उपस्थिति रहे पनि सुवेदी मात्रै पक्राउ परेका हुन् । प्रतिनिधिसभा निर्वाचनका क्रममा यसअघि पनि लामो समय हिरासतमा बसेर रिहा भएका सुवेदीलाई प्रहरीले पुनः पक्राउ गरेको हो।

सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा लागेको सो पार्टीका नेता कार्यकर्ता अहिले सदरमुकाम छाडेर गाउँमै केन्द्रित हुन थालेका छन् भने सरकारी धरपकड बढाइएको भन्दै नेकपाले आक्रोश व्प्रकट गर्दै आएको छ ।