‘हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था’ राप्रपाको भावी कार्यदिशा

‘हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था’ राप्रपाको भावी कार्यदिशा


रााष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडौंमा शुरु हुँदैछ । कार्यसमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनलाई हिजो बसेको सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको पार्टी प्रवक्ता भुवन पाठकले जनाएका छन् ।

उनले करीब २०० नेता तथा कार्यकर्ताको सहभागितामा पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक असोज २ र ३ गते काठमाडौंँमा बस्ने पनि बताए ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको राप्रपा कार्यसम्पादन समिति बैठकले संविधानअनुसार सरकार गठन भएको लामो समय भए पनि सामाजिक परिवर्तनको अनुभव हुन नसकेको भनी चिन्ता व्यक्त गरेको थियो ।

बताइएअनुसार बैठकमा अध्यक्ष थापाले समसामयिक राजनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमा पार्टीले लिएको हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको वैचारिक दृष्टिकोणलाई भावी कार्यदिशाका रूपमा अगाडि बढाउने भनिएको छ ।

प्रतिवेदनमा करीब दुई दशक अगाडि वर्षमा १२ हजार जनशक्ति वैदेशिक रोजगारीमा जाने गरेकामा अहिले सो सङ्ख्यामा वृद्धि भई पाँच लाख पुगेकाले देशमा उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ । पार्टीका महामन्त्री भाष्कर भद्राले सचिबालयसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।