जेस्ट ब्याडमिन्टन बुधबारदेखि

जेस्ट ब्याडमिन्टन बुधबारदेखि


जेस्ट एकेडेमीको आयोजनामा तेस्रो जेस्ट खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता असोज ३ गते बुधबारदेखि हुने भएको छ ।

बसुन्धरामा हुने प्रतियोगितामा विभिन्न नौ स्पर्धामा प्रतिस्पर्धा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो । सबै स्पर्धामा मिलाएर दुई सय १९ खेलाडीको सहभागिता रहनेछ ।

सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । प्रतियोगिताको कुल नगद पुरस्कार राशि ३ लाख ८० हजार रुपैयाँ रहेको छ । प्रतियोगिता असोज ७ गतेसम्म चल्नेछ ।