इजरायलद्वारा सिरियामा आफ्नो विमानमाथि सोमबार आक्रमण गर्दा १५ जनाको मृत्यु भएको सन्दर्भलाई लिएर रुसले आज (मङ्गलबार) रूसका लागि इजरायली राजदूतसँग सोधपुछ गरेको छ ।
सोमबार रूसी विमानमथि आक्रमण भएको र यसमा इजरायलको संलग्नता रहेको आशङ्कामा राजदूतसँग घटनाबारे सोधपुछ गरिएको रूसी रक्षा मन्त्रालयका सञ्चारसम्पर्क अधिकारीले बताएका एएफपीले जनाएको छ ।
यसैबीच इजरायली सैनिकले जेरूसेलबाट दिएको प्रतिक्रियामा सिरियामा इजरायली हवाई आक्रमणका क्रममा संयोगबस रूसी सैनिक विमानमाथि लाग्दा भएको दुर्घटनामा परी मृत्यु भएका चालकदलका सदस्य तथा अन्य रूसी अधिकारी परेको भन्दै यसप्रति इजरायल दुःख व्यक्त गर्दछ भनिएको छ । तर इजरायलले घटनामा सिरियाली राष्ट्रपति बसर अल–असद र इरानलाई दोषी देखाएको छ ।
इजरायलले विमान चालक दलका सदस्यलगायतका अन्य रूसी अधिकारीको सिरियाली विमानभेदी आक्रमणमा सोमबार राति भएको मृत्युप्रति दुःख ब्यक्त गर्दछ, विमान दुर्घटनाबारे सेनाद्वारा पहिलो प्रतिक्रियारूवरूप जारी वक्तव्यमा भनिएको छ ।
इजरायले सैनिकले रूसी विमानलाई उडिरहेको अवस्थामा झारेको असद सरकारको सैनिक नै यसमा पूरै जिम्मेवार रहेको जनाएको छ । इरान र हेजबुल्लाह आतङ्ककारी सङ्गठनलाई पनि यो दुर्भाग्यपूर्ण घटनामा दोषी रहेको इजरायलले जनाएको छ ।
स्मरण रहोस्, रूसी जासुसी विमानलाई सिरियाली क्षेप्यास्त्रद्वारा हिजो भूमध्यसागरीय क्षेत्रमा खसालिएको थियो । उक्त आक्रमणबाट विमानमा यात्रारत १५ जनाको मृत्यु भएको रूसको भनाई छ । रूसले विमान आक्रमणमा इजरायली हात रहेको दाबी गरेको छ भने सिरियाको उत्तरपश्चिमी क्षेत्रमा इजरायली लडाकूसँग भएको दोहोरो झडपका क्रममा विमानमा लागेपछि जमिनमा खसेको र चालक दलका सदस्यसहित सबैजनाको मृत्यु भएको रूसी रक्षामन्त्रालयले पुष्टि गरेको छ ।
रूसी सेनाले दिएको जानकारी अनुसार सोमबार राति आफ्नो जासुसी विमान आइएल–२० लाई रूसी हवाई अखडामा फर्किरहेका वेला सामुद्रिक सतहदेखि ३५ किलोमिटर टाढा आक्रमण गरिएको हो ।
इजरायली चालकले रूसी विमानलाई ढालका रूपमा प्रयोग गर्दै आक्रमणको निशाना बनाउन सफल भएको रूसी रक्षामन्त्रालयका प्रवक्ता मेजर जनरल आइगोर कोनासेनकोभद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
रूसी रक्षामन्त्री सर्गेइ सोइगुले आफ्ना इजरायली समकक्षी अभिगडोर लाइबरम्यानलाई मङ्गलबार फोन गरी घटनामा पूर्णतया इजरायल दोषी रहेको बताएका छन् । तर इजरायली सैनिक तथा विदेश मन्त्रालयले विमान आक्रमणबारे रूसी दाबीको खण्डन गरेका छन् ।
प्रतिक्रिया