क्रेनले ठक्कर दिँदा सुब्बाको निधन

क्रेनले ठक्कर दिँदा सुब्बाको निधन


इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत कोइरालाको क्रेनको ठक्करबाट मृत्यु भएको छ ।

इलाम सदरमुकामस्थित जिरो किलोमिटरबाट कार्यालय जाने क्रममा झापाको कन्काई नगरपालिकाको सुरुंगामा आज (आइतबार) बिहान ९ः४५ बजे पूर्वबाट पश्चिम जाँदै गरेको ना.१क ३७२९ नम्बरको जेसीबी क्रेनले पछाडिबाट कोइराला सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका कोइरालाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा निधन भएको सुरुंगा ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक टेकहादुर बस्नेतले बताए ।

क्रेनको ठक्करबाट कोइराला सवार मे.५प ६६६४ नम्बरको मोटरसाइकल क्षतविक्षत भएको छ । क्रेनका चालक फरार छन् ।