जिम्बाबेले तोड्यो टी-२० क्रिकेटमा नेपालले बनाएको रेकर्ड

जिम्बाबेले तोड्यो टी-२० क्रिकेटमा नेपालले बनाएको रेकर्ड


टी-२० क्रिकेटमा नेपालले बनाएको अहिलेसम्मको उच्च रनको रेकर्ड जिम्बाबेले तोडेको छ ।

नेपालले २०२३ को सेप्टेम्बर २७ मा मंगोलियाविरुद्ध ३१४ रन बनाउदै टी-२० क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान बनाएको थियो । तर, बुधबार (२३ अक्टोबर) टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका क्षेत्रको खेलमा जिम्बाबेले गाम्बियाविरुद्ध ३४४ रन बनाउँदै यसअघि नेपालले मंगोलियाविरुद्ध बनाएको ३१४ रनको रेकर्ड तोडेको हो ।

जिम्बाबेले गाम्बियाविरुद्ध ३४४ रन बनाउने क्रममा सिकन्दर राजाले अविजित १३३ रन बनाए । उनले ३३ बलमा शतक समेत बनाएका थिए भने ४३ बलमा १३३ रन बनाए । त्यस्तै, ब्रायन बेन्नेटले ५०, ताडीवानासी मारुमानीले १९ बलमा ६२, क्लिभ माडानडेले १७ बलमा अविजित ५३, रयान बर्लले ११ बलमा २५ रन बनाएका थिए ।

जिम्बाबेले यो खेल २९० रनले जितेको थियो । ३४५ रनको लक्ष्य पछ्याएको गाम्बिया १४.४ ओभरमा केवल ५४ रन बनाएर अल आउट भएको थियो ।