राष्ट्रिय सभाबाट मुलुकी संहितासम्बन्धी विधेयक पारित

राष्ट्रिय सभाबाट मुलुकी संहितासम्बन्धी विधेयक पारित


राष्ट्रिय सभाले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पेस गरेका थिए ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्णायार्थ प्रस्तुत गरेको सो विधेयक सर्वसम्मतिले पारित भएको हो । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद रामनारायण बिडारी, जीतेन्द्रनारायण देव र विमला राईले समितिको प्रतिवेदन बैठकअघि नै सांसदलाई वितरण गर्ने व्यवस्था मिलाउन माग गरे ।

त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको ‘पारमाणविक विज्ञान तथा प्रविधिसम्बन्धी अनुसन्धान, विकास र तालिमका लागि सम्पन्न क्षेत्रीय सहयोग सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत ग¥यो ।