इलाममा पत्रकार राहत कोष स्थापना गरिने

इलाममा पत्रकार राहत कोष स्थापना गरिने


नेपाल पत्रकार महासंघ इलाम शाखाले पत्रकारका लागि आपतकालीन समयमा आर्थिक सहयोग गर्ने उद्देश्यले ५० हजार रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय गरेको छ ।

महासंघको आज बसेको बैठकले तत्काल रु. ५० हजारको राहत कोष स्थापना गर्ने र पछि रकम बढाउँदै लैजाने निर्णय गरेको महासंघका सचिव ख्याम भुजेलले जानकारी दिए । कोष निर्माण गर्न शाखा अध्यक्ष कोकिला ढकालको अध्यक्षतामा उपसमिति गठन गरिएको छ ।

बैठकले वार्षिक रूपमा मेचीका उदीयमान पत्रकारलाई वितरण गरिँदै आएको आशिष स्मृति पुरस्कार कोष पनि रु. एक लाखको बनाउने निर्णय गरेको छ । हाल कोषमा रु. ६० हजार रहेको छ ।