म्यागको अध्यक्षमा अनिता बिन्दु

म्यागको अध्यक्षमा अनिता बिन्दु


मिडिया एड्भोकेसी ग्रुप (म्याग) को आज राजधानीमा सम्पन्न १२औँ साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ ।

संस्थाकी अध्यक्ष बबिता बस्नेतको अध्यक्षतामा बसेको सो साधारणसभामा अनिता बिन्दुको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सीता रूपाखेती, महासचिवमा सम्झना बन र कोषाध्यक्षमा रसना ढकाल चयन भएका छन् । यसैगरी, सदस्यमा विकास रौनियार, फतिमा बानु र विनिता मरहठ्ठा चयन भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष अनिता बिन्दुले सूचनाको हक, लैंगिकता र मिडियाको क्षेत्रमा म्यागले हिजो गरिरहेका कामलाई निरन्तरता दिएर अघि बढ्ने बताउनुभयो ।