बालिकाको बलात्कारपछि हत्या, छिमेकी सुमन पक्राउ

बालिकाको बलात्कारपछि हत्या, छिमेकी सुमन पक्राउ


पोखराको पुम्दीभुम्दीमा मंगलबार मृत अवस्थामा फेला परेकी १० वर्षीया श्रीया विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । विकको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी २७ वर्षीय कुसुम पौडेल पक्राउ परेका छन् ।

प्रहरीले हिजै राति पौडललाई पक्राउ गरेको हो । उनीसँगै अन्य पाँचजनालाई पनि सोधपुछका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पौडेलले बलात्कारपछि हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

पौडेलले प्रहरीसमक्ष दिएको बयानमा ललाइफकाई बलात्कार गर्न खोज्दा नमानेपछि यातना दिएर बलात्कार गरी हत्या गरेको स्वीकार गरेका छन् ।

बयानका क्रममा पौडेलले आफू रक्सी र गाँजाको नसामा रहेकाले आफूबाट त्यस्तो घटना घट्न गएको उल्लेख गरेका छन् ।

सोमबार विद्यालयबाट फर्कनेबित्तिकै बिस्कुट किन्न पसल गएकी श्रीयाको मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा शव भेटिएको थियो । विक केही समयदेखि मामाघर बसेर अध्ययन गर्दै आइरहेकी थिइन् ।