हडतालका कारण धनगढीको जनजीवन प्रभावित

हडतालका कारण धनगढीको जनजीवन प्रभावित


प्रदेश ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीको जंगल क्षेत्रमा बनाउने प्रतिवेदनप्रति असहमति राख्दै गरिएको हडतालका कारण आज (बिहीबार) पनि यहाँको जनजीवन प्रभावित बनेको छ ।

हडतालका कारण शिक्षण संस्था, व्यापार—व्यवसाय, यातायातलगायतका क्षेत्र ठप्प रहेपछि जनजीवन प्रभावित भएको हो । हडताल आह्वानकर्ताले बिहानदेखि धनगढी बजारमा प्रदर्शनसमेत गरेका छन् । धनगढीलाई प्रदेश ७ को अस्थायी राजधानी बनाउँदा राज्यको ठूलो रकम खर्च भइसकेको अवस्थामा कुनै पूर्वाधार नरहेको र जंगल क्षेत्र रहेको कैलालीको गोदावरी नगरपालिका–४ को तेघरीमा स्थायी राजधानी रहने स्थानको सिफारिस गर्नु उपयुक्त नभएको स्थानीयवासीको भनाइ छ ।

प्रदेश ७ को स्थायी राजधानी रहने स्थान र नामांकनका लागि सुझाव दिन प्रदेश सभामा गठित विशेष सुझाव समितिले गोदावरी नगरपालिका–४ को तेघरीमा स्थायी राजधानी बनाउन उपयुक्त हुने ठहरसहित प्रतिवेदन प्रस्तुत गरेको थियो ।