एसिया कप २०१८ को सुपर–४ को अन्तिम खेलमा बंगलादेशले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । दुवै देशका लागि गर कि मरको अवस्थामा रहेको उक्त खेलमा बंगलादेशले बाजी मारेको हो । शेख जायेद क्रिकेट स्टेडियममा भएको उक्त महत्वपूर्ण खेलमा बंगलादेशले पाकिस्तानलाई ३७ रनले पराजित गरेको हो ।
पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा २ सय ३९ रन बनाएको थियो । बंगलादेशको तर्फवाट मुस्फिकुर रहिमले ९९ र मोहम्मद मिथुनले ६० रन बनाउँदै पाकिस्तानलाई २ सय ४० रनको चुनौती दिएका थिए । रहिम १ रनले शतक बनाउनबाट चुकेका थिए ।
जवाफमा ब्याटिङ गर्न आएको पाकिस्तान २ सय २ रनमा समेटिएको थियो । इमाम उल हकले ८३ र शोयब मलिकले ३० रनबाहेक अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । खराब शुरुवात गरेको पाकिस्तानले १८ रनमा ३ विकेट गुमाएको थियो । त्यसपछि दबाबमा परेको पाकिस्तानले ९ विकेट गुमाएर २ सय २ रनमै अलआउट भएको थियो ।
अब भदौ १२ गते शुक्रबार भारत र बंगलादेशबीच फाइनल खेल हुनेछ । बंगलादेश एसिया कपको फाइनलमा पुगेको यो समेत तेस्रोपटक हो ।
प्रतिक्रिया