तेस्रो ललितपुर जिल्ला राष्ट्रिय टेनिस प्रतियोगिताको पुरुष र महिलातर्फको एकल उपाधि प्रेरणा कोइराला र निक रासट्रपले जितेका छन् ।
पुरुषको फाइनलमा निकले प्रतिस्पर्धात्मक खेलमा जितेन्द्र परियारलाई पराजित गरेका हुन् । निकले ४–६, ७–५ र ६–३ सेटमा परियारलाई पराजित गरेका थिए । त्यस्तै महिलातर्फको एकल खेलमा प्रेरणाले माहिका राणालाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाइन् । कोइरालाले ०–६, ६–३ र ६–२ को सेटमा राणालाई पराजित गरेकी हुन् ।
त्यस्तै, महिला डबल्सतर्फको उपाधि राणा दिदीबहिनी माहिका र मायांका राणाले जितेका छन् । राणा दिदीबहिनीले फाइनलमा आइरा राउत र अभिलाषा विष्टको जोडीलाई सोझो सेटमा पराजित गरेका थिए । यसैगरी पुरुषतर्फको डबल्समा जितेन्द्र्र परियार र सन्तोष खत्रीको जोडी विजय भएका थिए ।
प्रतिक्रिया