यस्ता छन् राजेन्द्र महतोका आरोप

यस्ता छन् राजेन्द्र महतोका आरोप


राष्ट्रिय जनता पार्टीका नेता तथा सांसद राजेन्द्र महतोले सरकारले बलात्कार, हत्या एवं हिंसामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन नसकेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको वर्षे अधिवेशनको बैठकमा समापन मन्तव्य राख्दै नेता महतोले टीकापुर घटना अधिकार प्राप्तिको घटना भए पनि निर्वाचित सांसद रेशम चौधरीलाई अहिलेसम्म प्रमाणपत्र नदिइएकोमा रोष प्रकट गरे । उनले सरकारलाई चाडपर्वको मुखमा महँगी बढाएको तथा सामग्रीको अभाव र कालाबजारी नियन्त्रण गर्न नसकेको आरोप पनि लगाए ।

निजगढ विमानस्थल निर्माण गर्दा वातावरणमा प्रभाव नपर्ने गरी काम अघि बढाउन उनले सरकारको ध्यानाकर्षण गराए । सबै भाषाभाषीलाई सम्मान गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न आफूले संसदमा हिन्दीमा बोल्ने गरेको नेता महतोको भनाइ थियो ।