अफजल स्मृति हक्कीमा नेपाली खेलाडी छनोट

अफजल स्मृति हक्कीमा नेपाली खेलाडी छनोट


पाकिस्तानको लाहोरमा हुने प्रथम अफजल स्मृति अन्तर्राष्ट्रिय हक्की प्रतियोगिताका लागि नेपाली पुरुष हक्की टोलीको छनोट गरिएको छ । हेटौँडामा असोज ३ देखि ५ गतेसम्म भएको छनोट प्रतियोगिताबाट २२ खेलाडी छनोट गरिएको नेपाल हक्की संघका महासचिव सुनीलप्रसाद प्रधानले जानकारी गराएका छन् ।

छनोट भएका खेलाडीमा प्रेम विक, आशिष नेपाली, सागर खाँण, अर्जुन खड्का, मनोज चौधरी, चिरन प्रधान, सन्तोष वेश्रा, मंगलकुमार नेपाली, तिलकबहादुर, अंकित पाठक, कल्याण ठाकुर लोहार, रोशन चौधरी, अमितकुमार श्रीवास्तव, राम शाह, नरेन्द्र कार्की, जीवन रावत, रामकुमार शाह, मोहम्मद प्रवेज आलम, केशवराज जोशी, राजेन्द्र कार्की, सुरेशप्रसाद जोशी र महेन्द्र कार्की रहेका छन् । वैकल्पिकमा देवसिंह धामी, यश्राज शर्मा, भीमदत्त भट्ट र डिल्ली चौधरी रहेका छन् ।

लाहोरमा प्रतियोगिता नोभेम्बर ८ देखि १४ तारिखसम्म हुनेछ । खेलाडीले प्रतियोगितासँगै तालिममा पनि सहभागिता जनाउनेछन् । अक्टोबर २५ तारिखदेखि शुरु हुने तालिम ४ सातासम्म चल्नेछ । सोही तालिममा नेपाली महिला टोलीले पनि सहभागिता जनाउने कार्यक्रम रहेको हक्की संघले जनाएको छ । त्यसका लागि पनि हेटौँडामै भएको प्रतियोगिताबाट २२ खेलाडीको छनोट गरिएको छ ।

महिला खेलाडीमा सरस्वती तामाङ, सिर्जना तामाङ, सीमा खड्का, भावना राई, गुडियाकुमारी सोनार, मधुकुमारी शाह, पिंकी सिन्जाली, उमा गुरुङ, कुष्मा रानामगर, बन्दना तिवारी, सविना केसी, कमलादेवी घर्ती पुन, मनिला राना, समीक्षा पुन, विन्दु विष्ट, कुमारी सञ्जु चौधरी, लक्ष्मी बम, सुनिता नेगी, सरिता मेचे, धुव राना, सीता चौधरी र अञ्जना चन्द रहेका छन् । अमृता बस्नेत, मनिता राना र सुस्मिता बलम्पाकी मगर वैकल्पिक खेलाडीको सूचीमा परेका छन् ।

महिला टोलीले पाकिस्तानको राष्ट्रिय महिला टोलीसँग मैत्रीपूर्ण खेल खेल्नुका साथै स्थानीय टिमसँग पनि अभ्यास खेल खेल्ने छनोट समितिका सदस्य रञ्जन थापाले जानकारी दिए । टोली कात्तिक ४ गते पाकिस्तान प्रस्थान गर्नेछन् । हक्की मुख्य प्रशिक्षक विजयन्त शर्मा संयोजक तथा रञ्जन थापा र बाबुराम नेपाल सदस्य रहेको ३ सदस्यीय छनोट समितिले खेलाडी छनोट गरेको हो ।