एक सय १५ वर्षीया गुरुङको निधन

एक सय १५ वर्षीया गुरुङको निधन


पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडानिवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा आज (शुक्रबार) बिहान निधन भएको छ । सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रूपमा रहेकी गुरुङको आफ्नै निवासमा निधन भएको हो ।

नेपाली नागरिकताअनुसार वि.सं. १९६० भदौ ७ गते जन्ममिति रहेकी गुरुङलाई छोरा र नातिको मृत्यु भइसकेकाले ३६ वर्षीय पनाति राजु गुरुङले पालनपोषण गर्दै आएका थिए । स्वर्गीय गुरुङको शुक्रबार नै गुरुङ परम्पराअनुसार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ ।