लेबल्सको नयाँ शो रुम जावलाखेलमा

लेबल्सको नयाँ शो रुम जावलाखेलमा


मल्टी ब्रान्ड रिबोक, लिभाइज र अन्डरआर्मर एक्सिस ‘लेबल्स’को नयाँ शो रुम ललितपुरको जावलाखेलमा शुभारम्भ भएको छ । लेबल्सले असोज १२ गते शुक्रबार नयाँ शो रुमको उद्घाटन गरेको हो । २०७५ सालको विजयादशमीलाई मध्यनजर गरेर खोलिएको यो शो रुममा लेबल्सअन्तर्गतका ब्रान्डका सामानहरू राखिएको छ । दरबारमार्गपछि जावलाखेलमा खोलिएको लेबल्सको यो दोस्रो शो रुम हो ।

राम्रो, टिकाउ र ब्रान्ड्रेड सामानको मागलाई मध्यनजर गर्दै ललितपुर जिल्लामा लेबल्सको नयाँ शो रुम खोलिएको शो रुमका डाइरेक्टर देवेद्रप्रसाद श्रेष्ठले जानकारी गराएका छन् । ललितपुरमा नयाँ शो रुम खोलिएपछि यो ब्रान्डका पारखीहरू अब दरबारमार्गसम्म पुग्नु नपर्ने श्रेष्ठको भनाइ छ ।


उद्घाटनको दिन आज असोज १२ गते लेबल्सअन्तर्गतका ब्रान्डका विभिन्न सामानमा विशेष छुटको व्यवस्था गरिएको छ । उक्त छुट बिहान ९ बजेदेखि राति ८ बजेसम्म रहनेछ ।